शनिवार |

कस्तो हुनु हो ? (कविता)

कणाद महर्षि

कोही सुँकसुँकाउँदै भन्छन्
पीडा भएर
आँसु झरिरहेको हो

कोही मुस्कुराउँदै बोल्छन्
खुसी पाएर
मासु खाइरहेको ह‍ो

कसैलाई भने
दुखेसो पनि छैन, सुखेसो पनि छैन
केही गुनासो पनि छैन

कोही चाहिँ
यही नजानिदो खाली ठाउँमा
मात्र जिज्ञासु बनेर
सोध्छन् आफैँसँग

यो !
सन्चो – बिसन्चो, दुःख सुख
केही पनि नहुनु भनेको
कस्तो हुनु हो ?