शनिवार |

सृष्टिको सम्भार (कविता)

सुशीला श्रेष्ठ


समयको सँगालो मुनि
धेरै आशा लिई बाँचिरहेछ
आजभोलि भन्दा भन्दै
वर्षौं दिन खेर फालिरहेछ
आशा आकाङ्क्षा बटुलेर
हौसलाको समय खोजिरहेछ
असहाय मनलाई डो¥याएर
साहसको त्यान्द्रो पर्खिरहेछ
बलवान् समयको अगाडि
नारीको मुटु पनि बलियो
सृष्टिको सम्भारमा नै
शुभेक्षाको अनमोल दियो ।