अहिंसा (कविता)
गोविन्दप्रसाद पहाडी
अ– अस्थायी छ हाम्रो जीवन मृत्यु सत्य जानौँ
हिं– हिंसा, हत्या, लोभ, पाप खराब कर्म मानौँ
सा– सात्विक भोजन सेवनबाट मिल्छ हाम्लाई मुक्ति
प– परोपकार रै’छ हाम्रो पुण्य आर्जन जुक्ति
र– रक्सी, मासु, चुरोट, बिंडी, चरेस, भाङ खान्छौँ
मो– मोहबाट ग्रसित भई मरेतुल्य जिउँछौँ
ध– धर्मकर्म नित्यान्द गृहस्थ आश्रम
र्म– मनलाई शान्ति दिने सेवा अनि श्रम
अहिंसा हो परमो धर्म गर्नुपर्छ हामीले सत्कर्म
हिंसा त्यागौँ बदलौँ भेष, पैmलाउँ है बुद्धको सन्देश ।