गजल
वियोगी बुढाथोकी
हृदयको बगैँचा अचानक फाँडियो
कठै, एकबाट अनेकमा बाँडियो
के कस्तो सोचेको थिएँ अर्कै भयो
गन्तव्य नपुग्दै यात्रा कसरी भाँडियो
सारस भनौँ कि उँटसमानको उचाइ
देखेनन् कसैले तब धर्तीमा गाडियो
रोकिँदा जानुपर्ने स्थान पुगिँदैन
मनका इच्छा मध्य भागमै छाडियो
हेर्दाहेर्दै थला परे बग्रेल्ती इच्छा
धूलोपीठो हुने गरी कसरी माडियो ?