शनिवार |

भक्तपुर

नारायणकुमार आचार्य

सुन्दर शान्त विशाल, भक्तपुर हो एक मिसाल
मनमोहक गन्तव्य हो, पाइन्छ विविध विशाल ।

हाम्रो गौरव, हाम्रो सौरभ हो, भाषा, भेष भुषा
संस्कृतिको नमुना हो, बन्यो विश्व सम्पदा ।

काष्ठकलाको उदाहरण यो, जहाँ बन्छ माटो सुन सरी
भादगाउँले कालो टोपी, चिनिन्छ जो विश्वभरी ।

गल्ली, पाटी, सत्तल, ढुङ्गेधारा, हाम्रा स्वाभिमान हुन्
हाकुपटासी पहिरन नै, यहाँका पहिचान हुन् ।

मठ मन्दिर, पर्वहरूको सङ्ग्रहालय हो, यो अनुपम भक्तपुर
संस्कृतिको यस राजधानीमा हुन्छ सबैको घुम्ने रहर ।

पुर्खाहरूको यो सिर्जना, हाम्रो बनेको छ साझा धरोहर
समृद्ध नेपाल र सुखी नेपालीको चाहना, भक्तपुर हो मनोहर ।