शनिवार |

मुक्तक

सूर्यप्रसाद लाकोजू

सबै अट्ने एउटै छाना छाउन पाए हुन्थ्यो
सबैसँग चोखो प्रीति लाउन पाए हुन्थ्यो
हिमाल, पहाड र तराईको शब्द जोडेर
सधैँभरि देशको गीत गाउन पाए हुन्थ्यो ।

देउता भनी ढुङ्गालाई छोइरहेँ
भाकल भाकेर सपनामै रोइरहेँ
मूर्ख बनेछु म त पूरै पटमूर्ख
धुलो मनमा थियो अनुहार धोइरहेँ ।

हुँदा आफन्त मेरै नामको माला जप्छन्
कहिले तितो वचन बोल्दा नि खप्छन्
जब गरिबीको आगोमा बेसरी जल्दछु
बलेको आगोमा घिउ आफ्नैले थप्छन् ।

सुरु सुरुमा बाँच्नलाई भर माग्यौ तिमीले
बाँच्न पाएपछि बस्न घर माग्यौ तिमीले
ठूलो महìवाकाङ्क्षा पालेर बसेका रहेछौ
अब मलाई पनि भष्म गर्ने वर माग्यौ तिमीले ।