शनिवार |

नेपाली कलामा आधुनिकता

तीर्थ निरौला

नेपालमा आधुनिक कला भन्नाले सर्वसाधारणले सहजै बुझ्न नसक्ने कला भन्ने बुझाइ छ । नेपाली जनमानसका निम्ति आधुनिक कला अभैm पनि नौलो छ । यसलाई बुझ्न र स्वतःस्फूर्त आत्मसात् गर्न यसको ज्ञान, जानकारी वा अध्ययनको खाँचो पर्छ । कला इतिहासको सङ्क्षिप्त मात्र भए पनि जानकारी लिन सके केही हदसम्म नेपालमा अहिले चलेको आधुनिक कला बुझ्न सकिन्छ । त्यसो भए आधुनिक कला कसरी बुझ्ने त ? कला बुझ्ने मेसोलाई सर्वप्रथम विश्वकलाको परिवेशबाटै हेर्न सकिन्छ । विगतका परिदृश्यहरू हेक्का नभई कला बुझ्ने गाँठो फुकाउन सकिन्न । त्यसैले सर्वप्रथम कला क्षेत्रको सङ्क्षिप्त प्रारूप र यसका गति बुझौँ ।

विश्वमा आधुनिक कलाको सुरुवात कहाँबाट भयो ? यसको ठोकुवा कुनै पनि विद्वान्ले आजसम्म गरेका छैनन् । तथापि पूर्ण रूपको व्यवस्थित आधुनिक कला वा समसामयिक कलाको संस्थागत विकास चाहिँ सन् १८८० को उत्तरार्धमा सुरुवात भएको फोटोग्राफीपछि भएको हो । सन् १८६३ ताका फ्रान्समा चलेको नौलो कलालाई यथास्थितिवादीले अस्वीकार गरे । यसपछि अस्वीकृत चार हजार कृतिको सफल प्रदर्शनीले कलामा देखिंँदै आएका पुराना मान्यता क्रमभङ्ग ग¥यो । यहीबेलादेखि विश्वका परिर्वतनकामी कलाकार मोने, माने, डाली, भ्यानगग जस्ता धुरन्धर कलाकार विश्व कलामञ्चमा उदाएका देखिन्छन् । यस्तै प्रथम र दोस्रो विश्वयुद्धको प्रभावले पनि कला विकासमा आमूल परिर्वतन आएको देखिन्छ । हिंसा, रोग, भोक र पीडाले कलालाई परिवर्तित हुन र क्रमभङ्ग हुन उक्साएको पाइन्छ । उन्नाइसौँ शताब्दीलाई समसामयिक कला विकासको ज्यादै उर्वर समय मान्ने गरिन्छ । यी त भए विश्व कला विकासको सङ्क्षिप्त इतिहास ।

नेपालमा चाहिँ धार्मिक मान्यता र परिवेशबाट समसामयिक कलाले फड्को मारेको देखिन्छ । विशेषतः कलाकार राजमान चित्रकारको उपस्थिति र जङ्गबहादुर राणासँग कलाकार भाजुमानले बेलायत जाने मौका पाउनुलाई नेपाली आधुनिक कला विकासको सुरुवात मान्न सकिन्छ । २००७ सालपछिको राजनीतिक परिवर्तनपश्चात् नेपालमा आधुनिक कलाप्रति छाएको उचाइलाई बढोत्तरीको प्रस्थान बिन्दु भन्न सकिन्छ । भारतसँगको नजिकको सम्बन्धले नेपाली समसामयिक कला उर्वर भयो । नेपाली कलाकार छिमेकी राष्ट्र भारत, बङ्गलादेश जाने र कला अध्ययन गरेर फर्कने क्रमसँगै नेपाली परम्परागत कलामा समसामयिक कलाको मुना पलाउन थालेको हो । पछिल्लो चरणमा परिवर्तित खुला राजनीतिक, आर्थिक र समाजिक व्यवस्थाका कारण नेपाली कलाले सुस्त गतिमै भए पनि आधुनिक कला विकासको गोरेटोमा पाइला चालेको छ । आज पाश्चात्य मूलका देशमा हाम्रो घनीभूत सम्बन्ध बढ्दै गएको छ । त्यसैले स्वाभाविक रूपमा नेपाली कलामा पश्चिमा शैलीले प्रश्रय पाउन थालेको छ । अचेल विश्व नै एक सानो गाउँजस्तो भएको समयमा हाम्रो सम्बन्ध अन्तर्राष्ट्रिय जगत्सँग प्रचूर मात्रामा बढ्दै गएको छ । यसले समसामयिक कला झाङ्गिन मद्दत पु¥याएको छ ।

नेपालमा अचेल जस्तोसुकै कलाकार पनि आधुनिक कला सिर्जना गर्न हौसिएको पाइन्छ । तथापि हाम्रो समसामयिक कला विदेशी कलासँग दाँज्न सकिने अवस्था अझै बनिसकेका छैन तर यसो भनिरहँदा अझै हामी प्रारम्भिक अवस्थामा छौँ भन्ने पनि होइन । यसबीच हाम्रो समसामयिक कलाको मुहार भने बनिसकेको छ । अहिलेको नेपाली कलाको धरातल भनेको कलाकार विदेश जाने र विदेशी हामीकहाँ आउने र सँगै बसेर सिर्जना गर्ने, वर्कसप गर्ने, अनुभव साटासाट गर्ने नै हो । यसले हामीमा आधुनिक कला चेतको विकास हुँदै गएको छ । हामीसँग पनि समसामयिक कला छ भन्न सकिएको अवस्था छ । यद्यपि तुलनात्मक रूपमा हेर्ने हो भने हाम्रो गति कम नै हो । यसो हुनुमा हाम्रा धेरै कमीकमजोरी छन् । त्यसैले समसामयिक चित्रकलाको क्षेत्रमा हामी कहाँ छौँ भन्ने कुराको आकलन हुन जरुरी छ । अन्तर्राष्ट्रिय कला जगत्को आँखाबाट हेर्दा के हाम्रो अहिलेको कला समसामयिकताको दर्जामा पर्छ त ? के हामीले तनमन सबै लगाएर गरेका कामले अन्तर्राष्ट्रिय कला जगत् छुन सकेको छ ? पहिलो कुरो त समसामयिक कलाको विकास र विस्तार गर्न जनचेतना आवश्यक पर्छ । यसका निम्ति कला क्षेत्रको मूल्यमान्यता र पहु“चलाई नेपाली जनमानसमा पु¥याउनुपर्छ । यो काममा सञ्चारमाध्यमको भूमिका प्रमुख हुने गर्छ । यसैबाट कलाको जानकारी जनजनसम्म पु¥याउन सकिन्छ ।

प्रायः कलाकार व्यक्तिगत परिस्थितिसँग जुधेर भए पनि कलाकर्ममा निरन्तर लागिरहेका छन् । ग्यालरीको अभावका कारण पनि प्रदर्शनी गरिरहेका भेटिन्छन् तर संस्थागत रूपबाट उनीहरूलाई सहयोग गरिएको कहीँ कतै पाइँदैन । अर्कोतर्फ हामीमा प्रशस्त ग्यालरीको अभाव छ । प्रदर्शनीस्थलको खा“चो छ । यी कला विकासका नैसर्गिक तत्त्व हुन् ।
कला विकासका लागि नभइनहुने अर्को तìव भनेको कला बजार हो । नेपालमा संस्थागत र रणनीतिक रूपमा कला बजारको खोजी गर्ने कार्य भएको देखिँदैन । जुन कलाकारका लागि सदैव क्रियाशील भइरहने आधार हुन् । सीमित कला बजार र ‘पुस सेल’ले कला क्षेत्रको विकास वा विस्तार हुँदैन । वर्कसप, प्रदर्शनी त भएका छन् तर केन्द्रलगायत प्रदेश र स्थानीय क्षेत्रमा गएर कला गोष्ठी, प्रवचन, सेमिनार, प्रदर्शनी खासै भएका पाइँदैनन् । जुन कला क्षेत्रको चौतर्फी विकासका निम्ति आवश्यक छ ।

कलाका निम्ति कलाकारको व्यक्तिगत सुरक्षा र सहुलियत महत्त्वपूर्ण पक्ष हो । कलाकारलाई राज्यले विशेषाधिकारको सुविधा उपलब्ध गराउन सक्नुपर्छ । कलाकर्म गर्न उनीहरूलाई ऋण दिने व्यवस्था हुनुपर्छ । राज्यका निकायले चित्र खरिद गर्ने प्रावधान बनाउनुपर्छ । हरेक कलाकारका हरेक कृति महìवपूर्ण हुन्छन् भन्ने कुरा सर्वसाधारणलगायत राज्यले बुझ्न जरुरी छ ।

चित्रकलाको विकास र संवद्र्धनका लागि अनुसन्धानात्मक पुस्तक, सर्वेक्षणात्मक आलेख, कला समीक्षा पनि हुनुपर्छ । नेपाली कलालाई पाश्चात्य कलाजस्तै उचाइमा पु¥याउने हो भने कलाका हरेक गतिविधिमा प्रज्ञा प्रतिष्ठान, कलाकार, कला ग्यालरीलगायत सरकार र सरकारी निकायले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ ।