शनिवार |

चलचित्रमा जनताको अधिकार

सुकृत नेपाल


चलचित्र ‘आमा’देखि आजसम्म आउँदा धेरै चलचित्र निर्माण भइसकेका छन् तर राष्ट्रियता, प्रजातन्त्र र देशभक्तिका विषयमा जनतालाई जागरुक गराउने चलचित्र भने एकाध मात्र बनेका छन् । चलचित्र ‘बलिदान’, ‘जन्मभूमि’, ‘वीर गणेशमान’, ‘भीमदत्त’, ‘दशगजा’, ‘उमा’जस्ता केही चलचित्रले देश, समाज, राष्ट्रियता र प्रजातन्त्रको वकालत गरेका थिए । रामेशको सङ्गीत/संवाद, मोदनाथ प्रश्रितको कथा तथा तुलसी घिमिरेको निर्देशनमा बनेको ‘बलिदान’ मुख्यगरी २०४६ सालको जन–आन्दोलनको पृष्ठभूमिमा केन्द्रित थियो । २०५२ सालमा लेखक/चलचित्रकर्मी मोहन निरौलाको निर्देशनमा बनेको चलचित्र ‘जन्मभूमि’ले राष्ट्रप्रेम उजागर गरेको थियो । त्यस्तै नवल खड्काको ‘दशगजा’ र ‘भीमदत्त’ले पनि चलचित्रमा राष्ट्रियताको कथा उठान गरेको थियो ।

चलचित्र निर्देशक निर शाह भन्नुहुन्छ, “नेपाली चलचित्र कोरा राजनीतिसँग सिधै सम्पर्क राखेर बनाउन त खोजिन्छ तर एकदमै कम । राजनीतिक सिद्धान्त बोकेका चलचित्र यहाँ नबनेका होइनन् तर त्यसलाई आफूले सहज ढङ्गबाट प्रस्तुत गर्न पाइँदैन ।” शाहका अनुसार यहाँ चलचित्र राम्रो नराम्रो बनाउनेभन्दा पनि चलचित्रको प्रस्तुति र शैलीको कुरा मुख्य विषय हो । राष्ट्रियताका चलचित्र त यहाँ बनेका छन् तर त्यो आफ्नै माटोसँग जोडिएको हुनुप¥यो ।

प्रजातन्त्र र राष्ट्रियताका विषयमा केन्द्रित रहेर केही चलचित्रमा फाट्टफुट्ट यस्ता विषय समेटिएका छन् । २०६२/६३ सालको जनआन्दोलनपछि माओवादी ‘जनयुद्ध’को कथामा बनेका चलचित्रले पार्टीगत क्रियाकलाप र विचारलाई बढी प्राथमिकता दिए । २०४४ सालपछि सरकारले चलचित्र निर्माणमा फराकिलो नीति त लियो तर यसमा चलचित्रकर्मीको ध्यान पुगेन । विषयवस्तुको गहनता, खोज, अनुसन्धानमा पर्याप्त समय दिनुपर्ने, ऐतिहासिक दस्तावेज सङ्कलनजस्ता कार्यमा चलचित्रकर्मीको धीरता कम छ भने राज्यका तर्फबाट पनि प्रोत्साहनका कार्यक्रम र योजना नहुँदा यस्ता विषय छायामा परेको देखिन्छ ।

निर्देशक यादव खरेल भन्नुहुन्छ, “अहिले चलचित्र क्षेत्र नै असहज परिस्थितिमा छ । हलमा गएर चलचित्र हेर्ने एकदमै कम दर्शक हुनुहुन्छ । त्यसमाथि प्रविधिको विकासले पनि चलचित्र क्षेत्रलाई मार परेको छ । राष्ट्रिय चलचित्र नीति लागू हुन नसक्नाले पनि यस्ता खालका चलचित्र बन्न नसकेको हो । यसमा चलचित्र विकास बोर्डको पनि ठूलो हात हुन्छ । बोर्डले यो दायित्व पूरा गर्न नसक्दा पनि निर्देशकले आफूले चाहेको चलचित्र निर्माण गर्न सकेका छैनन् ।”

निर्देशक तथा निर्माताहरू चलचित्रले यस्ता विषयलाई जनमानसमा पु¥याओस् भनेर जोखिम मोलेर भए पनि लगानी गर्छन् । देशप्रेम र प्रजातन्त्र जस्ता विषयमा आधारित चलचित्र बनाउनु सकारात्मक हो तर त्यसको कथा आफ्नै माटोको हुनु जरुरी छ । प्रजातन्त्र, राष्ट्रियता जगाउने खालका चलचित्र बनाउने हो भने यस्ता चलचित्रले प्रजातन्त्र र राष्ट्रियताको विषयलाई जनतामा अझ बलियो गरी स्थापित गर्छ ।

प्रजातान्त्रिक चेत जगाउने खालका चलचित्र कम नै बनेको बताउनुहुन्छ– चलचित्र निर्माता/निर्देशक नवल खड्का । उहाँ भन्नुहुन्छ, “हामीले यस्ता चलचित्र बनाउन नखोजेको होइन तर दर्शक नै यस्ता चलचित्रलाई त्यति रुचि देखाउनुहुन्न । दर्शकको रोजाइमा यस्ताभन्दा बलिउड÷हलिउडका चलचित्र धेरै पर्छन् । फेरि हामीले चलचित्र बनाउन खाज्यौँ भने पनि सम्बन्धित निकायबाट खासै पहल हुँदैन । हामीले बनाउने चलचित्रको कथा र विषयवस्तु राष्ट्रिता तथा प्रजातन्त्रकै हुन्छन् तर अब राजनीतिक चलचित्र भन्नेबित्तिकै वितृष्णा जागेर आउने भयो । दर्शकले राजनीतिक विषयका चलचित्रलाई खासै रुचि देखाएको पाइँदैन ।

कलाकार हरिवंश आचार्य राष्ट्रियता, प्रजातन्त्रजस्ता विषय बोकेका चलचित्र यहाँ राज्यले नै लगानी गरेर बनाउनुपर्ने हो तर राज्य यसबारे बेखबर छ भन्नुहुन्छ । कलाकार आचार्यका अनुसार जसले यस्तो चलचित्रमा लगानी गर्छ, उसले आफ्नो लगानी सुरक्षित होस् भन्ने नै ठान्छ नै । चलचित्र राम्रो बनायो भने बजारमा पनि चल्छ ।

आर्चायले भन्नुभयो, “जुन बेला परिवर्तनको समय थियो, त्यो समय बलिदान चलचित्र बन्यो । त्यस्तै समयमा बनाउनुपर्ने चलचित्र थियो बलिदान । चलचित्र बलिदानमा जे भनिएको छ, “तिमीहरू भोलिपर्सि सुकिलामुकिला होलाऊ, तिमीहरू आफू धनी बन्न कोसिस गर्लाऊ, तिमीहरूले बाटो बिराउलाऊ भनेर चलचित्रमा जुन सन्देश दिइएको थियो, ठ्याक्कै अहिले त्यही भइरहेको छ ।”

पटकपटक भएका राजनीतिक परिवर्तनले समाज र व्यवस्थालाई परिवर्तन त ग¥यो तर ती घटनाक्रमलाई चलचित्रमा उतार्ने र यसको चलचित्रमार्फत अभिलेखीकरण गर्दै आउने पुस्तालाई हस्तान्तरण गर्ने कुरामा भने ध्यान पुग्न सकेको छैन । चलचित्रको वितरण पनि बढ्न थाल्यो । सिनेमा बजार विस्तार भयो । नेपाली निर्माताहरू हिन्दी चलचित्रको प्रभाव कम गर्ने प्रयासमा केही हदसम्म लागे पनि राष्ट्रियता र प्रजातन्त्रको पक्षमा चलचित्र जुन रूपमा बन्नुपर्ने थियो, त्यस्तो अभैmसम्म हुन सकेको छैन । 