इन्द्रजात्रामा पनि सुनसान काठमाडौँ दरबार क्षेत्र (फोटो फिचर)
गोरखापत्र अनलाइन
कठामाडौँ, भदौ १६ गते । आज इन्द्रजात्रा, काठमाडौँ दरबार क्षेत्रमा बेग्लै रोनक हुन्थ्यो । जीवित देवीका रुपमा पुजिने कुमारीको दर्शन र रथ यात्रा हेर्न विश्वका विभिन्न देशबाट पर्यटकको भीड लाग्थ्यो । पत्रकार, फोटोपत्रकारदेखि काठमाडौँका स्थानीयको उपस्थिति र रथयात्रमा हजारौँ सहभागी हुन्थे । राष्ट्रपतिदेखि विदेशी नियोगका पदाधिकारीका लागि पनि यो देखाउनलायक सांस्कृतिक पर्व हुन्थ्यो ।
तर यसवर्ष कोरोनाका कारण जारी निषेधाज्ञाले इन्द्रजात्रा सामान्य परम्परागत पूजामा मात्र सीमित रहेको छ । फोटो पत्रकार सुजन गुरुङले कैद गरेको सुनसान काठमाडौँ दरबार क्षेत्र ।