जहाँ काँसका फूलहरूबीच प्रेम फक्रने गर्छ...
गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ २० गते । काठमाडौँ उपत्यका निषेधाज्ञाले सुनसान छ । तर काठमाडौँ जिल्लाकै उत्तरपूर्वमा रहेको कागेश्वरी मनोहरा नगपालिकाको बालुवाखानी अर्थात लभडाँडो (प्रेम पार्क)मा भने अहिले पनि मानिसको चहलपहल छ ।
शहरका रेष्टुरेन्ट, पार्क स्वीमिङ्पुल बन्द छन् । आपसी प्रेम साट्न चाहने जोडीका लागि डेटिङ जान यो ठाउँ निकै प्रख्यात छ । ढपक्कै फूलेका काँसका फूलबीच प्रेम साट्नेदेखि सेल्फी लिनेको एक प्रकारको भीड नै लाग्छ ।
काँस एक प्रकारको झार हो जुन तीन फिटसम्म लामो हुन्छ जुन दक्षिण एसियाका नेपाल, भारत भुटान र बङ्गलादेशमा हिमाली क्षेत्रदेखि तराइसम्म पाइन्छ । उपत्यकामा जब काँस फूल्छ तब धेरैले दसैँ आउनलागेको सङ्केतका रुपमा बुझिन्छ ।
बालुवाखानी लहलहाउँदो काँसका फूलबीचमा रमाइरहेका दृश्यलाई फोटो पत्रकार सुजन गुरुङले क्यामेरामा कैद गर्नुभएको छ ।