कोरोना जितेकालाई सामाज जित्नै गाह्रो
टीकाराम उप्रेती
झापा भदौ २५ गते । कोरोना भाइरस 'कोभिड १९' जितेर घर फर्केका मानिसले समाजको तिरस्कार अझै जिन्न सकेका छैनन् । झापाको दमक ५ की ४३ बर्षिय तुलसा खत्रीलाई गत फागुन १७ गते कोरोना भाईरस कोभिड १९ पोजेटिभ देखियो । पोजेटिभ देखिएपछि सुरुमा त धेरै डर लाग्यो । घरबाट उपचारका लागि सुनसरी जिल्लाको घोपा स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लान दमक नपाबाट एम्बुलेन्स घरमा आयो । एम्बुलेन्स भरी रुदै रुदै गए । एम्बुलेन्समा दुईजना अन्य सशस्त्र प्रहरी समेत थिए । उनीहरुले धेरै सम्झाए । त्यसपछि अलि सहज भयो । कोरोनाबाट खाना मन नलाग्ने, हल्का शरिर तात्ने मात्र लक्षण देखियो । परिवार आफन्त कसैलाई यस्तो भएको थिएन ।
एक्कासी आफुलाइ हुँदा निराश भए । उपचारको क्रममा बस्दा समेत एउटा बन्द कोठामा कष्टकर बिताउनु पर्दाको क्षण अझै मन झसङ्ग हुने गरेको उहाँ बताउनुहुन्छ । १५ दिनको अस्पताल बसाईपछि कोरोना जितेर फर्केर घर अए । घरमा आएर पनि उहाँ समाजको अगाडी सजह रुपमा हिडडुल गर्न समस्या भोग्नु परेको बताउनुहुन्छ ।
सबैले चासो पूर्वक हेर्ने निको भइसक्यो भनेर सोध्ने भएकाले घरमा नै बस्छु । केही छिमेकी र घरपरिवारको ठुलो सहयोगले आत्मबल बलियो भयो । यो अवस्थामा परिवारको सबैभन्दा ठुलो साथ सहयोगको अवश्यक पर्ने खत्रीको अनुभ छ ।
तुलसा भारतीय सेना कार्यरत श्रीमान प्रेम लुइटेललाई भेटेर गत फागुन ७ गते भारतको मनीपुरबाट फर्कनु भएको थियो । भारतबाट भेटघाट सकेर आएलगत्तै उहाँ होम क्वारेन्टाइनमा बस्नुभयो । सोही महिनाको १७ गते उहाँको स्वाब परिक्षण पोजेटिभ अएको थियोे ।
उहाँको जस्तै झापामा पहिलो पटक सक्रमण देखिएका जिल्लाको दमक नपा–३ स्थित बर्ष ६३ का देउमान मग्रान्तीले समेतको समेत पीडा यो भन्दा कम छैन । छोरा बिदेशबाट आएकाले होम क्वारेन्टाइनमा थिए । परिवारका सबै सदस्यको आरडटी सकेर पिसीआर परीक्षणका लागि स्वाब पनि लगिएको थियो ।
परीक्षणको रिर्पोट पर्खेर बसेका यो परिवारले अग्रिम रिर्पोटको जानकारी त पाएन घरमा एक्कासी एम्बुलेन्स सहितको टोलीले देउमानलाई कोरोना लागेको जानकारी गरायो । सुरुमा त के भएको थाहा नै पाइन बेहोस जस्तै भएछु । सपना जस्तै लाग्यो । छाँगाबाट खसेजस्तो भयो । उहाँको परिवारका सबै सदस्यलाई दमक अस्पतालको आइसोलेसनमा राखियो । देउमानलाई चाहिँ कोभिड अस्पताल बिराटनगर लगियो ।
कुनै लक्षण बिना रिपोर्ट पोजेटिभ आयो । छोरा टीकाराज मंग्रान्ती ६ चैतमा बिदेशबाट आइपुगेका थिए । उहाँ २४ दिन कोसी कोभिड अस्पताल बिराटनगरमा उपचार पछि कोरोना जितेर र्फर्कनु भयो । उहाँलाई यो सबै हाल्ला जस्तो मात्र लागेको छ । ६३ वर्षीय वृद्ध देउमानले तातो पानी र दालभातले नै कोरोना जितेको बताउनुभयो ।
उहाँले कारोना त जित्नुभयो तर समाजले गरेको नकारात्मक टिप्पणी परिवारले अझै पनि जित्न सकेको छैन । उहाँको परिवारलाइ अहिले पनि मानसिक दवाव कम छैन । उहाँ सहित उहाँको परिवार सामाजिक रूपमा बहिस्कृत भएको उहाँको भोगाई छ ।’ कोरोना भाइरस जितेर घर फर्केकाहरुले समाजको तिरस्कार जित्न सकेका छैनन् ।
जनस्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईका अनुसार अहिले जिल्लामा २० स्थानमा आइसुलेशन स्थापना गरिएको छ । यस्तै सबै पालिकामा मिलाएर ४५ स्थानमा १ हजार ३ सय ६३ वडा वेड क्वारेन्टाइनका लागि तयार गरिएको छ । हाल जिल्लामा २ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै १ सय ७८ जना आइसुलेशनमा रहेको जनाइएको छ । जिल्लामा दैनिक २ देखि ३ सय जनाको स्वाब परिक्षण गर्दै आएको छ ।