समाज |

‘विपतमा जिम्मेवारीबाट भागेर समाजलाई धोका दिन सकिन’

नवीनशिशिर विक
बागलुङ, असोज ८ गते । बागलुङ नगरपालिका–७ ढिकी चौरका रुद्रबहादुर पराजुलीले सवारी चलाउन थालेको २० बर्ष भयो । उहाँ स्वास्थ्य कार्यालय बागलुङमा सवारी चालकको रुपमा कार्यरत हुनुहुन्छ ।
विस २०५२ सालमा कार्यालय सहयोगीको रुपमा सरकारी सेवामा प्रवेश गर्नुभएका पराजुलीले वि.स २०५७ सालदेखि एम्बुलेन्स चलाउन थाल्नुभयो । उहाँ विस २०६५ देखि स्थायी रुपमा सवारी चालक बन्नुभयो ।
चैत्र ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा भए पछि सार्वजनिक तथा निजी सवारी साधन संचालन निषेध गरियो । तर त्यही लकडाउनको समयमा पराजुलीलाई जागिरे जीवनको सबै भन्दा बढी सक्रियता बढ्यो । न्युनतम ३६ पटक त उहाँबागलुङ–पोखराको यात्रा गर्नुभएको छ ।
जनस्वास्थ्यसँग सम्बन्धी महामारीको मुख्य तालुकदार निकाय स्वास्थ्य कार्यालय भएको कारण पनि कार्यालय प्रमुखदेखि अन्य प्राविधिक कर्मचारीलाई ठाउँ–ठाउँमा पु¥याउने, स्वास्थ्य सामग्री ल्याउने छोड्ने जस्ता काममानिकै खटिनु प¥यो ।
कार्यालयका कर्मचारी र सामग्री ल्याउने छोड्ने विषय त सामान्य नै थियो । तर जति बेला चैत्र २० गते बागलुङको दोस्रो कोरोना संक्रमितलाई धौलागिरी अस्पतालमा ल्याउने बेला अस्पतालका एम्बुलेन्स चालक जिल्लाबाहिर रहेको खबर सार्वजनिक भयो त्यस पछि बिरामी बोक्ने जिम्मेवारी उहाँकै काँधमा प¥यो ।
जागिर अवधिमा कहिल्यै पनि महामारीका बिरामी बोक्नु नपरेको पराजुलीलाई कोरोनाका बिरामीबोक्नु पर्ने जिम्मेवारी आए पछि जे पर्ला त्यही टर्ला भनेर संक्रमितलाई अस्पतालसम्म ल्याउनु भयो । ‘सुरुमा निकै असजिलो महशुस गरेको थिए ँउहाँले भन्नुभयो–‘ यो संकटमा म पनिभागे भने बिरामीकसले बोक्ने भनेर आँट गरेको हुँ ।’
पहिलो पटक पिपिई सेट प्रयोग बारे ज्ञान नहुँदा अलमल भयो’ गोरखापत्र अनलाईनसँग कुराकानीगर्दै उहाँले थप्नुभयो–‘मेरो परिवारले पनि बिरामी ल्याउने जिम्मेवारी पूरा गर्न आग्रह गरे पछि हट्ने कुरै भएन । पराजुलीले बागलुङका दश स्थानीय तहबाट संकलन भएका स्वाव समेत परीक्षण्को लागि पोखरा पु¥याउने कामगर्दै आउनुभएको छ ।
‘स्वाव संकलनको बाकस देख्दा धेरै चालक डराउँछन’ उहाँले भन्नुभयो–‘आफ्नो मात्र ख्यालगर्ने हो भने राज्यप्रतिको धोका हो, समाजप्रतिको गैरजिम्मेवारी हो । आफूलाई परिवारबाट कुनै असहयोग नभएको उहाँको भनाई छ ।
राज्यमा कठिन अवस्था सृजना हुँदा जिम्मेवारीबाट हट्न नहुने पराजुलीको भनाई छ । ‘घर परिवारको उत्साहले कोभिडसँग लड्न थपऊर्जा मिलेको छ’ उहाँले भन्नुभयो–‘संक्रमितबोक्ने जिल्लाको कुनाकुनामा पुगेको छु ।’ ग्रामिण कच्ची सडकमा बिरामी ल्याउन कठिन भएको उहाँको भनाई छ ।
‘सबैको परिवार छन, सबैका आफ्न्त हुन्छन’ चालक पराजुलीले थप्नुभयो–‘आफुनो ज्यानको ख्यालगर्दा अरुलाई धोका हुन्छ, यो समय डरले खुम्चने होईन सतर्कताका साथ खटिनु पर्छ ।
बागलुङमाचैत्र १५ गते पहिलो पटक पहिचान भएकी संक्रमितलाई अस्पताल ल्याउन निकै कठिन भएको थियो । एम्बुलेन्स चालक भागे पछि उहाँलाई धौलागिरी अस्पतालका एम्बुलेन्स चालक प्रेम श्रेष्ठले ल्याउनुभएको थियो ।
स्वास्थ्यकर्मी पनि भिटिएम देखेर डराउने गरेको उहाँले अनुभव सुनाउनुभयो । आफूले रक्सी, चुरोट जस्ता नसालु पदार्थको सेवननगर्ने हुँदा कोरोनले झ्याप्नै आक्रमण गर्न नसक्ने दावी उहाँको छ । ‘आत्मबल उच्च बनाएर बिरामी तथा स्याम्पलबोक्ने गरेको छु’ अब डराउनु हुँदैन । सुरुवातका दिनमा बागलुङ भन्दा पोखराका संक्रमित जिल्लाबाट आएको चालक भनेर डराउने गरेको अनुभव सुनाउनुभयो ।
संक्रमित तथा स्याम्पल बोक्न थाले पछि उहाँ घर भने जानु भएको छैन । ‘घरमावृद्ध आमाबुवा हुनुहुन्छ उहाँले भन्नुभयो–‘मेरो कारणले उहाँहरुलाई केहीभयो भने गाह्रो हुन्छ ।’ सुरुका दिनमा संक्रमित बोक्ने चालकसँग नागरिक डराएपनि अहिले सम्मानगर्न थालेको पराजुलीको भनाई छ ।