क्यान्सर विरामी शंकर नेपाललाई दुई लाख अठार हजार सहयोग
गोरखापत्र अनलाइन
काठमाडौं,असोज १९ गते । काभ्रे मण्डनदेउपुरका क्यान्सर विरामी शंकर नेपाललाई दुई लाख अठार हजार तीन सय अठ्सठ्ठी रुपैया सहयोग गरिएको छ । उहाँलाई विभिन्न आफन्त, शुभचिन्तक, साथीभाईहरुले उठाएर सहयोग गरिएको हो । काभ्रेपालाञ्चोक जिल्ला कृषि सहकारी संघका अध्यक्ष एबम पत्रकार सुमन नेपालको पहलमा सहयोग जुटाएर हस्तान्तरण गरिएको हो ।
४७ बर्षीय शंकर नेपाल भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ । माइक्रो बस चलाएर दैनिक गुजारा गर्दै आउनुभएका उहाँलाई लकडाउन कै बेला क्यान्सर रोग लागेको पत्ता लागेको थियो । उहाँकै कमाइमा आश्रित रहेको परिवार यतिबेला आर्थिक संकटमा छ ।
उहाँको जीवन रक्षा लागि केही सहयोग गर्न सकिन्छ भनेर आफूहरु सहयोगमा जुटेको अध्यक्ष सुमन नेपालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँलाई सहयोग गर्ने सहयोगी मनहरु थपिदै गएको नेपालले जानकारी दिनुभयो ।