दशैं बिदामा मिडिया ब्रिफिङ बन्द, प्रविधिमार्फत्अद्यावधिक हुने
गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबारे गर्दै आएको दैनिक मिडिया ब्रिफिङ दशैं बिदामा बन्द गर्ने भएको छ । मन्त्रालयले आगामी बुधबारबाट पुनः ब्रिफिङ् नयाँ स्वरुपमा सुरु गरिने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रत्यक्ष प्रसारण मार्फत् हुने दैनिक मिडिया ब्रिफिङ मंगलबारसम्मका लागि बन्द गरिने जानकारी दिनुभयो । उहाँले यस अवधिका बीचमा मन्त्रालयको वेबसाइट, भाइबर, फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत् सूचना अद्यावधिक हुने जानकारी दिनुभयो । मन्त्रालयले कोभिड–१९ सम्बन्धी सूचना सामाजिक सञ्जालमा समेत अद्यावधिक गर्दै आएको छ । प्रवक्ता गौतमले बिदाको अवधिमा प्रत्येक दिन मिडिया ब्रिफिङ हुँदै आएको समयमै सूचना प्रबिधिमार्फत् अद्यावधिक हुने बताउनुभयो ।