तराईका केही गाँउमा अझै छ छाउगोठ बस्ने चलन
चाँदनी आचार्य
लम्की (कैलाली) कत्तिक २३ गते । उमेर पुगेसंग महिलामा हुने महिनावारीलाई अझै पनि धर्मसँग जोडेर घर भित्र बसेपछि देउता रिसाउछन भन्ने मान्यता तराईका केहि गाउँमा कायमै रहेको छ । कैलालीको घोडाघोडी, गौरीगंगा, बर्दगोरिया, लम्कीचुहा लगायतका पालिकाका विभिन्न गाउँमा अझै महिनावारी हुदा छाउ गोठमा सुत्ने चलनकायम रहेको पाइएकोछ ।
घोडाघोडी नगरपालिका ८ का १३ बर्षिय जमुना (परिवर्तित नाम) पहिलोचोटी महिनावारी भएको तीन दिनभएको छ । उहाँ घरनजिकै रहेको छाउगोठमा बस्नुभएकोछ । एक जनामात्र सुत्नमिल्ने बनाइएको झुप्रोमा जमुना सामान्य एकसरो पातलो कपडा ओछ्याएर सुत्नुहुन्छ । लजाउदै जमुनाले भन्नुभयो ‘पहिलो चोटी बाहिर हुक्दा बुवादाई भाईलाई देख्न हुदैन रे अनी घरमा सुतेपछि देउता विग्रन्छ भनेर यता बसेको ।’
पहिलोचोटी बाहिर भएकाकारण अलगै बसालेको जमुनाका परिवारले बताए पनि उक्त गाउँमा देखिने छाउगोठबाट प्रष्ट हुन्छ कि अझै महिला महिनावारी हुँदा घर भन्दाअलगै छाउगोठमा सुत्ने चलनकायम छ । उक्त गाउँका एक जना महिलाले नाम नबताउने सर्तमा भन्नुभयो ‘छाउभएका बेला घरमा सुत्यो भने देउता विग्रन्छन अलगै छाउगोठ बनाउने कस्लाई रहर हुन्छर ।’
पछिल्लो समय स्थानीयतहले छाउगोठ उन्मुलनका लागि विभिन्न जनचेतना मुलक कार्यक्रम सञ्चालनमा ल्याएपछि छाउगोठ भएका घरका महिला नाम भन्न समेत हिचकिचाउँछन् । कतिपयले त पुरानो छाउगोठ हो अहिले दाउरा राख्नकालागि नभत्काएको भन्न समेत भ्याए तर घर नजिकै बनाइएको सानो झुप्रोबाट स्पष्ट हुन्छकी ग्रामिण क्षेत्रमा गाउँमा अझैपनि महिनावारी हँुदा छाउगोठमा सुत्ने गरिएकोछ ।
घोडाघोडी नगरपालिकाका कार्यपालिका सदस्य निर्मला सन्ज्यालले छाउपडी प्रथा हटाउन वडा वडामा विद्यालयसंग समन्वय गरेर नगरपालिकाले जनचेतना काकार्यक्रम गरेको बताउनुभयो । उहाँले जुनवडामा बढी छाउपडी प्रथा कायम छ उक्त वडामा रहेका विद्यालयसंग समन्वय गरेर केहि वडामा जनचेतना मुलक कार्यक्रम गरेपनि मानसिक रुपमाअझै छाउगोठमा बस्नुहुदैन भन्ने चेतना महिलामा नआएको सुनाउनुभयो । कैलालीका विभिन्न स्थानीयतहले नगर भित्र रहेका छाउगोठलाई खोजीखोजी भत्काई रहेकोछ ।
लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका कुमारी थापाले नगरपालिकाले २०७४ सालबाट नै नगरका छाउपडी गोठ भएका वडामा अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘छाउपडी गोठ बनाउने घरका बुढापाकालाई सम्झाई बुझाई छाउगोठ भत्काउने कार्य समेत गरेकाले अहिले नगरमा ८० प्रतिसतले छाउगोठ हटाएकाछन् ।’
मुलुकीअपराध (संहिता ) ऐन, २०७४ को दफा १६८ (३) अनुसार महिलाको रजस्वलावा सुत्केरीको अवस्थ ामा छाउपडीमा राख्नवात्यस्तै अन्यकुनै किसिमका भेदभाव,छुवाछुत वाअमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन ।
यदि यस्तो गरे तीनमहिनासम्म कैद वातीनहजार रुपैयाँसम्म जरिवानावादुवै सजायहुने व्यवस्था छ । तर, व्यवहारमाभने फरक छ । समाजसेवी मैना ढकालले बनाइएका नियम कानुनहरु कडारुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले ‘भौतिकरुपमा छाउगाठ भत्काएरमात्र हँुदैन उनीहरुलाई चेतनापनि दिनसक्नुपर्छ’ भन्नुभयो।