दाङमा वन्यजन्तुसहित दुई जना पक्राउ
दिवाकर पोख्रेल
देउखुरी, कात्तिक २५ गते । डिभिजन वन कार्यालय देउखुरी दाङ देउखुरीबाट वन्यजन्तुसहित दुई व्यक्ति पक्राउ गरेको छ । डिभिजन वन कार्यालय देउखुरी, दाङको प्रमुख बेसिन्द्रराज सुवेदीले वन्यजन्तु ओसारपसार गर्दै गर्दा दुईजना व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकस्थित पूर्वपश्चिम राजमार्गबाट लु १ च ९९९४ नम्बरको पिकअपमा बन्यजन्तु राखेर लैजादैँ गर्दा प्रक्राउ गरिएको हो । पक्राय पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ८ निवासी ठगेन्द्रबहादुर डाँगि र चालक कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर ५ रहटोल निवासी दलबहादुर सारू छन् । जीपको पछाडि ढालामा अन्दाजी पैतिस किलोका दुईवटा जंगली बँदेल बोरामा हालेर लैजाँदै गर्दा पक्राउ गरेको डिभिजन वन कार्यालय देउखुरी, दाङका सुचना अधिकारी प्रेमिलाल प्रसादले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,बरामद गरिएको दुईवटा जंगली बँदेल बाँके राष्ट्रिय निकुञ्जमा छाड्ने तयारी भइरहेको गरिएको छ, पक्राउ परेको जिप, दुईवटा व्यक्तिलाई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय देउखुरी, दाङको हिरासत घोराहीमा राखिएको छ । पक्राउ गरेका व्यक्ति माथि थप अनुसन्धान भैरहेको छ । डिभिजन वन कार्यालय देउखुरी, दाङले तस्करहरु र वन्यजन्तु पक्राउ गर्दे आइरहेको छ ।