समाज | फोटो फिचर |

झिलिमिली झिलिमिली... काठमाडौं !(फाेटाे फिचर)

गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ३० गते ।धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर शनिबार लक्ष्मीपूजा मनाइयो । फोहोर र अन्धकार स्थानमा लक्ष्मीले बास नगर्ने भएकोले यो दिन घर आँगन, कोठा, चोटा, बुइँगल, अट्टालिका र घर गोठका कुनाकन्दरा सफा र उज्यालो राखेर लक्ष्मीको स्तूति गर्ने प्रचलन छ । राजधानीमा विभिन्न स्थानमा लक्ष्मी पूजाका अवरमा झिलिमिली काठमाडाैंलाइ फोटो पत्रकार सुजन गुरूङले क्यामेरामा कैद गर्नुभएको छ ।