बाजुरामा टर्की पालनमा रमाउँदै युवा
शेरबहादुर सार्की
बाजुरा, मङसिर २९ गते । बेरोजगार युवा आफ्नै लगानीमा टर्कीपालन ब्यवसायमा रमाउन थालेका छन् । परीक्षणमा कुखुरा पालन सुरु गरेका युवाले त्यसबाट पनि आम्दानी हुन थालेपछि यसको पालनमा पनि रमाउन थाल्नु भएको हो ।
६ जोडी टर्की जिल्ला बाहिरबाट ल्याएर सुरु गर्नुभएका त्रिवेणी नगरपालिका ४ तोलीका दिर्घ ऐडीले यो ब्यवसाय पनि राम्रो हुँदा अहलिे त्यो सङ्ख्या ७५ भन्दाबढी पु-याउनु भएको छ ।
उहाँले उक्त फार्म बुढीगङ्गा नगरपालिका ६ को बाम्का बजारमा सञ्चालन गर्नुभएको छ ।
त्योसँगै लोकल कुखुरा , बट्टराइ पालन समेत सुरु गर्नु भएको छ । पाँच सय ग्रामका टर्की अहिले १२ केजीसम्म पुगेका छन् । एक टर्कीको अहिले ९ हजार ६ सय सम्म बिक्री हुन थालेको ऐडीले बताउनुभयो । गाउँ गाउँबाट टर्कीका चल्लाको लागि अडर आइरहने भएकोले ऐडी अहिले पनि टर्की पालनमा नै रमाउँदै हुनुहुन्छ ।
टर्की पालन ब्यवसाय सफल हुँदा यसको बजार पनि राम्रो भएकोले यसको विस्तार गर्न आवश्यक महसुस भएको ऐडीले बताउनुभयो । टर्की पालन व्यवसायका लागि आवश्यक पूर्वाधार पनि उहाँले निर्माण गरिसक्नुभएको छ ।
नेपालगञ्ज, धनगढी, महेन्द्रनगरबाट ल्याएको कुखुराको मासु धेरै महँगाे हुने गरेको छ ।
स्थानीय स्तरमा भएको मागलाई समाधान गर्ने उद्देश्यका साथ उहाँले गाउँमै कुखुरा पालनलाई समेत विस्तार गर्ने योजना बनाउँदै आउनु भएको छ ।
आफुले टर्की पालन गरेको स्थानीयले सिको गरेपछि टर्कीको चल्लाको माग धेरै ठाउँबाट आउने गर्छ,ऐडीले भन्नुभयो, “टर्कीको मासुको अडर आउनु भन्दाबढी चल्लाको माग आउने गरेको छ ,अडरका लागि घरमा रुपियाँ छोडेर जान्छन् ”।
टर्कीपालन सँगै बट्टराइ , लौकार्ड पालेको छु, यीनीहरुका रोग नलाग्ने र रोग लागेपनि सामान्य रोग लाग्छ ,त्यो पनि औषधी खुवाउँए छिट्टै निको हुने भएकोले यो व्यवसाय पनि सुरु गरेको छु ,उहाँ भन्नुहुन्छ ।
अहिले म सँग करिब ६५ हजारका लौकार्ड , २४ हजारका बट्टराइ, एक लाख १४ हजारका टर्की छन् ऐडी भन्नुहुन्छ,“चल्ला उत्पादन गर्न ह्याचरी मेसिन छैन् , मेसिन नहुँदा चल्ला उत्पादनमा समय लाग्ने गर्छ, यसका लागि अहिलेको स्थानीय सरकारबाट सहयोग पाए टर्की पालनमा थप सहज हुने ऐडीको भनाइ छ ”।