समाज |

गोरखापत्रकर्मी खेल पुरस्कारबाट पुरस्कृत

उर्लाबारी समाचारदाता
पथरीशनिश्चरे(मोरङ),पुस ११ गते । मोरङको पथरीशनिश्चरे स्थित पथरी स्पोर्टिङ क्लबले शनिबार दुई जना खेलकुद पत्रकारलाई पुरस्कार प्रदान गरेको छ ।
गोरखापत्र दैनिकका उर्लाबारी समाचारदाता हरिप्रसाद कोइरालालाई जगतबहादुर सम्बाहाम्फे स्मृति पुरस्कार र के्रजी डटकम साप्ताहिकका सम्पादक प्रकाशक सन्तोष राईलाई सूर्यबहादुर सोम्याङ राई स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । खेल क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने मनिष सम्बाहाम्फेले आफ्ना स्वर्गीय बुबाको स्मृति पुरस्कार कोष स्थापना गर्नु भएको हो । सम्बाहाम्फे हाल क्यानडा बस्दै आउनु भएको छ । यस्तै अजय सेन राईले आफ्ना बुबाको स्मृतिमा सूर्यबहादुर सोम्याहाङ राई स्मृति कोष स्थापना गर्नु भएको छ । राई र सम्वाहाम्फेले स्थापना गर्नु पुरस्कार कोषको ब्याजबाट हरेक वर्ष दुई जना पत्रकारलाई १०÷१० हजार नगद सहित पुरस्कार प्रदान गरिदै आएको छ ।
दुबै जना सञ्चारकर्मीलाई पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिपकुमार राई र पथरी स्पोर्टिङ क्लबका अध्यक्ष धनकुमार तामाङ पुरस्कार प्रदान गर्नुभयो ।
पथरीमा हुने ठूला फुटबल प्रतियोगिताको समापनका दिन पुरस्कार प्रदान गरिदै आएको अक्षय कोष सञ्चालक गोपाल काफ्लेले बताउनु भयो ।