समाज |

पुननिर्माण गरिएको ‘देवाद्यःछेँ’ को उद्घाटन

गोरखापत्र अनलाइन
काठमाडौँ, फागुन १५ गते । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिबार सम्पदा जोगाउने अभियानमा महानगरपालिका रहेको बताउनुभएको छ ।
इतुम्बहाःमा युनेस्कोको सम्पदाको सूचीमा रहेको रहेको श्री भाष्करदेव संस्कारित केशचन्द्रवृत पारावत् महाविहारस्थित देवाद्यः छेँ (कुलदेवता घर)को पुननिर्माणपछि उद्घाटन गर्ने क्रममा मेयर शाक्यले मूर्त/अमूर्त सम्पदा जोगाउने अभियान अन्तर्गत आप्mनो कार्यकालमा काठमाडौँभित्र रहेका धेरै कुलदेवता घर, आगम घरको पुननिर्माण भइसकेको र लिपि, बाजा जस्ता अमूर्त सम्पदाको संरक्षणमा पनि धेरै काम भइरहेको जानकारी दिनुभयो ।
काठमाडौँको मुटुमा रहेको इतुम्बहाःमा काठमाडौँ महानगपालिकाको सहयोगमा देवाद्यः छेँको पुननिर्माण भएको हो । जुन इतुम्बहाःका करीब १५० भन्दा बढी घरधुरीको इस्ट देवताको घरको रुपमा रहेको छ । सो देवाद्यः छेँको पुननिर्माण गर्न करीब दुई वर्षअघि शिलान्यास गरिएको थियो ।
केशचन्द्रवृmत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष क्याप्टेन चन्द्रबहादर शाक्यले इतुम्बहाःको गौरव र प्रतिष्ठाको रुपमा देवाद्यः छेँको पुननिर्माणमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिनुभयो । उहाँले यस क्रममा श्री भाष्करदेव संस्कारित केशचन्द्रवृmत पारावत् महाविहार नेपाल मण्डलकै समृद्ध र सुविधायुक्त महाविहार हो, भन्नुभयो ।
यसैगरी, महाविहार संरक्षण समाजका महासचव प्रज्ञारत्न शाक्यले मूर्त सम्पदाको रुपमा रहेको देवाद्यः छेँको पुननिर्माण सकिएपनि यस समाजमा रहेका कैयौँ अमूर्त सम्पदाको संरक्षण र जर्गेना गर्न बाँकी रहेको भनाई राख्नुभयो ।