समाज |

हराए दाफा भजन, गुञ्जन छाडे होलीका गीत

यलु जोशी

भक्तपुर, चैत २ गते । होली सुरु हुन हप्तौं अगाडिदेखि होली गीतले गुन्जायमान हुने भक्तपुर यतिखेर भने सुनसान छ । होलीमा सहर भरि गुन्जायमान हुने गीतहरु हिजोआज कहीकतै मात्र सुनिने गरेको पाइन्छ ।
होली या होलीतंचायालाल्यासे, अविर भती नं तय मज्युला?... (होलीका दिनमा अलिकति अविर लगाइ दिएको पनि रिसायौ के तिमी?), बोलको नेपाल भाषा गीत हरेक दाफा भजनमा गुन्जयमान हुन्थ्यो ।
स्थानीय संस्कृतविद् गणेशराम लाछीले भक्तपुर नगरका टोलटोलमा रहेका पाटीपौवा, सतल, चोक, बहाबही, दवलीमा साझँदाफाभजन (होलीका गीत गाउने) क्रम सुरु भएका हुन्थ्यो। विशेष गरी भीमसेन देवता भएको ठाँउठाँउमा यस्ता गीत गाउने बताउनुभयो ।
प्रविधिको जमानासँंगै युवा मात्रै नभई बुढाबुढीसमेत इमेल, इन्टरनेट जस्ता सामाजिक सञ्जाल फेसबुक लगायतका प्रविधिमा रमाए पछि पुराना यस्तो चलनप्रति रुचि घट्दै गएको उहाँको दावी छ ।
लाछीले पहिला जस्तो होलीको गीतमा रमाउने जमानानरहेको जानकारी दिदै भन्नुभयो, ‘पहिले यस्तो हुन्छ भन्ने अवस्थाआइसक्यो , संसार कहाँंबाट कहाँं पुगिसक्यो भन्दै बुढाबुढीको रुचिपनि अन्तैतिर मोडिएको छ ।’
हिजोआज होलीको परम्परा पनि मोडिएको छ सिद्धीविनायक दाफाभजन मण्डलका सदस्य सक्तविर हेक्काले भन्नुयो, होली आउनु एक महिना अगाडि देखि नै होलीका भजनगाउने गथ्यो अहिले त्यो अवस्था छैन ।
होलीको दिनमा मात्र पनि होलीको गीत गाउन गा¥हो छ उहाँले थप्नुयभो, युवापुस्तामा दाफाभजनको रुचि नभएको कारण यो लोप हुने अवस्थामा पुगिसक्यो ।
‘पहिला होली आयो कि केटीहरु डराउँंथे, भाग्थे, हेक्काले भन्नुभयो, अहिले केटीहरु नै अगाडि अगाएर होली खेल्न आउँंछन्। समूहमा आउने केटीहरुको टोलीसँंग त डराउनु पो पर्ने भइयो।’
हिरण्यकश्यपुले आफ्ना विष्णुभतm छोरा प्रल्हादलाई बहिनीहोलिकासँगैं आगोमा राखी दाहगर्ने प्रयास गरेको, तर प्रल्हादनभई अग्निले नछुने होलिका नै दाहभएको घटनामा आधारित रहि होलीभएको जनविश्वास छ । भक्तपुरको होलीभने भक्तपुरको दतात्रय तचपाल टोलको भीमसेन मन्दिरबाट होली सुुरु हुने परम्परा रहेको छ।
यस दिन बिहानपख तचपाल टोलको उक्तमन्दिर वरपर दुईजनाव्यतिmले डोरीले बाँधेको अवस्थामा तीनहात जतिलामो र करिव ३० इन्चजतिमोटो एउटा काठको लिंगबोकी प्रत्येक घर पसल अगाडि तेस्र्याएर मन्दिरमा झुण्डाएसँंगै यहाँं औपचारिक रुपमाहोली सुरु हुने परम्परा छ।