समाज |

मूर्तिकारको जीवन गाथा : दुई पुस्ता भयो ढलोट गाल्दै मूर्ति ढाल्दै

दीपा चौधरी /दृश्यमा मनोजरत्न शाही केशब गुरुङ्ग
काठमाडौं, असोज ७ गते । पाटनका महाबौद्धस्थित रुद्रवर्ण महाविहार नजिकै एउटा पुरानो कारखाना छ । कारखानामा कतै मूर्तिमा बुट्टा कुँदिदै हुन्छ भने कतै धातु पगालेर मूर्ति ढाल्ने काम हुन्छ । राजेश अवालेको दुई पुस्ताले यो परम्परागत कारखानामा सयौं मूर्ति बनाइ सक्नुभयो ।

क्रोध, तान्त्रिक लगायतका मानवीय रस वा भावनाको दुरुस्त झल्को दिने गरी मूर्ति बनाउन सक्ने उहाँको सीप छ । उहाँको मूर्तिकलाले अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छ । यही सीप र कालाका कारण उहाँले धेरै सम्मान पनि पाइसक्नु भएको छ ।
अहिले अबालेको उमेर ६८ वर्ष भयो तर अझै उहाँमा युवाको जस्तै जोशजंगार र जुझारुपन छ । मूर्तिकार राजेश अवालेले मूर्तिकलालाई निरन्तरता दिँदै आफ्नो छुट्टै पहिचान बनाइ सक्नु भएको छ । उहाँले भूटानी राजाको निम्तोमा आठ वर्ष भूटानमा बसेर २० वटै जिल्लामा मूर्ति स्थापित गरी नेपालको नाम जोड्न सहयोग गर्नुभएको छ ।
। उहाँका हजुर बुबा सानु बुवा माटोको भाँडा बनाउने काम गर्नुहुन्थ्यो । त्यही कामलाई बुबाले निरन्तरता दिनुभयो र पुस्ता हस्तन्तरण हुँदै आज राजेश अवालेले आफ्नो कलालाई विदेशमासमेत बेचिरहनु भएको छ । उहाँले बनाएको मूर्तिको ज्याला मात्रै लाखौँ पर्छ भने करोडौँ मूल्यको मूर्तिको कारोबार हुने गर्छ । उहाँ भन्नुहुन्छ ,एउटा मूर्ति निर्माण गर्न कम्तिमा पनि नौ–दश जनाको हातमा जानुपर्छ अनि मात्रै राम्रो मूर्तिको निर्माण हुन्छ