समाज | पर्यटन |

सम्पदा प्रवर्धनमा थपिएको इलाननी पार्कको उद्घाटन

कार्तिक, ललितपुर १८ गते । ललितपुर महानगरपालिका– १६ वडाको सहयोगमा पुननिर्मित इलाननीस्थित पार्कको समुदघाटन गरिएको छ ।
१६ वडा र इलाननी टोल सुधारको संयुक्त आयोजनामा ऐतिहासिक हिरण्यवर्ण महाविहार ‘गोल्डेन टेम्पल’ पछाडितर्फ रहेको इलाननी चोकको पूरानो स्वरुपमा परिवर्तन गरिएको पुनर्निर्मित इलाननी पार्कको समुदघाटन ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गिता सत्यालले संयुक्त रूपमा गर्नुभएकाे छ ।

पार्कको उद्घाटन समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर विकासको एउटा महत्वपूर्ण अंङ्गको रुपमा सांस्कृतिक सम्पदाहरु, ७१ पाटीहरुको पुनर्निर्माण जस्तै हरियाली पार्क रहेको बताउँदै इलाननी पार्कको आकर्षण कायम राख्न भौतिक निर्माण नगर्न अनुरोध गर्नुभयाे ।

उपमेयर गीता सत्यालले पार्क हेर्दा अग्रज पुस्ताहरुको संस्कृति र सम्पदा जिवन्त राख्ने खुला ठाउँसहित बस्ती बिकास योजनाको स्मरण अनि प्रशंसा गर्नुभयो । 

पार्कको स्वरुप र संरचना परिर्वतन गरी आपतकालीन व्यवस्थापनका लागि ५० हजार लिटर पानी ट्रंयाकी ब्यवस्थाका साथै टोल सुधारकालागि एक तले आकर्षक भवन संरचनासहित पर्यटकीय आकर्षण केन्द्रका रूपमा सुन्दर रमणीय पार्क विकसित गरिएको वडाध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयाे ।

क्रंक्रिटको शहरको रुपमा तीब्र रुपमा परिणत हुँदै स्थितिमा पार्कको रमणीय वातावरणले खुल्ला ठाउँको महत्व बढ्ने विश्वास व्यक्त गर्दै वडा अध्यक्ष शाक्यले वडाको शोभा बढाउनको लागि इलाननी, नागबहाल गगनबाटिका र न्याखाचुक गरी तीन वटा पार्क तयार भएकाे जानकारी दिनुभयाे ।

स्वप्न बगैचाको संरक्षणसँगै विभिन्न हस्तकला तथा साँस्कृतिक गतिविधिको नियमित आयोजनाले पर्यटनमा पनि टेवा हुने उहाँले विश्वास लिनुभयाे ।’

उपभोक्ता समितिका अध्यक्ष राज बज्राचार्यका अनुसार पार्क र भवन निर्माणको लागि ३० लाख रुपियाँ खर्च भएको छ ।