डीआर उपाध्यायको विश्व कीर्तिमान
काठमाडौं, मङ्सिर २३ गते । डा. डीआर उपाध्यायले थप २१ वटा विश्व कीर्तिमान कायम गर्नुभएको छ। बिहीबार राजधानीमा एक विशेष सामारोहबीच उपाध्यायले २१ विश्व कीर्तिमान कायम गर्नुभएको हो ।
योसँगै उहाँले अहिलेसम्म ८० विश्व कीर्तिमान कायम गर्नुभएको छ । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र गीतकार संघका निर्वतमान अध्यक्ष चूण्डामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य संघ (अनेसास)का निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वर्ल्ड रेकर्डका फाउण्डर मधुरा श्रेष्ठलगायतले उपाध्यायलाई २१ रकेड प्रदान गर्नुभयो । यसअघि डा. उपाध्यायले ५९ विभिन्न विश्व रेकर्ड कायम गर्नुभएकाे छ ।
कार्यक्रममा महानिरीक्षक खनालले नेपालीका लागि उपाध्यायको कार्य उदाहरणीय रहेको भन्दै यसको हामीले मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने जिकिर गर्नुभयाे । डा. उपाध्यायले आफूले हरेक कुरालाई पृथक तरिकाले गर्ने गरेको र यसले विश्व रेकर्ड कायम गर्दै गएको बताउनुभयो । देशका लागि आफूले यो सबै गरेको बताउनु भएका उपाध्यायले चाँडै नै एक सय रेकर्ड पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा कार्यक्रममा महानिरीक्षक खनाल, सङ्गीतकार सन्तोष श्रेष्ठ, सञ्चारकर्मी नरेश भट्टराई, कृष्ण भुसाल, गीता अधिकारी लगायतलाई बुकअफ रकेर्डबाट प्रदान गरिएको सर्टिफिकेट अफ एप्रिसिएसन प्रदान गरिएको थियो । डा. उपाध्याका २५ गीती एल्वम, १२ उपन्यासका साथै तीन गीति पुस्तक प्रकाशित छन् ।