समाज |

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

गोरखापत्र अनलाइन
काठमाडौं, पुस १० गते । ललितपुरमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–३ धोबीघाटस्थित सडकमा प्रदेश नम्बर ७–०१–००१ ख २९०१ नम्बरको ट्रकको ठक्करबाट सोही महानगरपालिका–४ बागडोल घर भएका ७० वर्षीय बद्री श्रेष्ठको शनिबार बिहान मृत्यु भएको हो ।

शुक्रबार राति उक्त ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उहाँको मेघा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।