समाज |

महानगरले तिरेन हनुमानढोका दरबार हेरचाह अड्डालाई शुल्क

काठमाडौं, फागुन ४ गते। हनुमानढोका दरबार क्षेत्रमा विदेशी प्रवेशको टिकटको शुल्कको २५ प्रतिशत डेढवर्षदेखि काठमाडौँ महानगरपालिकाले सङ्ग्रहालयलाई दिएको छैन।

महानगरसँग सम्झौता भएअनुसार रु तीन करोड ५० लाखभन्दा बढी पैसा लिन बाँकी रहेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको कार्यकारी निर्देशकसमेत रहनुभएका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख खनालले जानकारी दिनुभयो।

महानगरले पैसा नदिएपछि सङ्ग्रहालयले पनि गत भदौदेखि टिकट काट्न सुरु गरेको छ। सङ्ग्रहालय प्रवेश गर्दा अब विदेशीले ३०० र नेपालीले ३० को टिकट काट्नुपर्छ।

विद्यार्थीलाई भने सहुलियतस्वरुप रु १५ मा प्रवेश गराइन्छ। महानगरले भने हनुमानढोका दरबार क्षेत्र प्रवेश गरेको एक हजार शुल्क विदेशीसँग लिने गरेको छ।