समाज |

बेग्लाबेग्लै स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं, फागुन ७ गते। शनिबार देशका विभिन्न स्थानमा भएका दुर्घटनामा सात जनाको मृत्यु भएको छ। पर्सा, सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुर, मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ ठुलो खोल्सीस्थित सडक, सुनसरी, दुहबी नगरपालिका–८ कदमगाछी, मोरङको जहदा गाउँपालिका–६ पोखरिया, इलामको सूर्योदय नगरपालिका–३ तिनखुट्टेस्थित सडक र सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ मा भएका सडक दुर्घटनामा परी सात जनाले ज्यान गुमाएको प्रहरीले बताएको छ।

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ बितलबका १८ वर्षीय किशोरले आफ्नै ५२ वर्षीय बुवाको हत्या गरेको, उदयपुरमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको, जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट १६ जना पक्राउ परेका, चितवनको खैरहनी नगरपालिका–१० लालटिन बजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको, दक्षिणकाली नगरपालिका–८ केरावारीस्थित भीर, सूर्यविनायक नगरपालिका–९ नङ्खेल भाराली खोला, उदयपुर, ताप्ली गाउँपालिका–४ ज्यामिरेको बाटा, ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका–७ सिस्टिङे, जुम्लाको चन्दननाथ नगरपालिका–६ छिना गाउँको एक खाल्डोमा रहस्यमय अवस्थामा पुरुषका शव भेटिएका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुनसरीको कोशी गाउँपालिका–७ यादवटोलमा शुक्रबार राति आगलागी तीनवटा घरमा आगलाली हुँदा करिब २४ लाख ३६ हजार बराबरको धनमाल नष्ट भएको मोरङ, विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् भने नक्कली सुनको गहना बेच्ने अर्का युवकलाई हिरासतमा लिइएको छ।