समाज |

अरनिको राजमार्गको साँगा क्षेत्र अवरुद्ध

मधुसुदन तिमल्सिना
काभ्रे, फागुन १२ गते। अरनिको राजमार्ग अन्र्तगत साँगा खण्ड अवरुद्ध भएको छ। बुधबार राति साँगामा सवारीले ठक्कर दिँदा बनेपा नगरपालिका–१४ का ३२ वर्षीय विशाल तामाङको मृत्यु भएपछि उनका आफन्तले साँगा खण्ड अवरुद्ध गरेका हुन।
सवारी साधनको ठक्करबाट तामाङको मृत्यु भएको बताइए पनि ठक्कर दिने सवारी साधन भने पत्ता नलागेको छैन।

मृतकका आफन्तले दोषीलाई कारवाही र क्षतिपुर्तिको माग राख्दै राजमार्ग अवरुद्ध गरेका हुन्। इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले ठक्कर दिने सवारी साधनको खोजी भइरहेको बताउनुभयो।

मृतकका आफन्तले अरनिको राजमार्ग साँगामा सडक अवरुद्ध गरेपछि तराई तथा पूर्वी जिल्लाबाट उपत्यका प्रवेश गर्ने यात्रु तथा उपत्यकाबाट बाहिरने यात्रु गन्तव्यमा पुग्न सकेका छैनन्।