खेलकुद |

आर्मीका विकासले बंगलादेश विरुद्ध डेब्यु गर्दै

गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २८ गते । बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलिबाट विकास खवासले डेब्यु गर्ने भएका छन् । टोलि ब्यवस्थापकले मैत्रीपूर्ण खेलका लागि विकासलाई पहिलो रोजाइमा समेट्दा उहाँ सिनियर टोलिबाट डेब्यु गर्न लाग्नुभएको हो ।
नेपालले बंगलादेश विरुद्ध शुक्रबार मैत्रीपूर्ण खेल खेल्दैछ । विकासले ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । लिग डिभिजनमा उहाँ त्रिभुवन आर्मीको प्रतिनिधित्व गर्नुभएको छ । विकाससँगै आज डिफेन्समा सुमन अर्याल, अनन्त तामाङ र अजित भण्डारीले खेल्दैछन् । कप्तान समेत रहनुभएका किरण चेम्जोङ गोलरक्षकको जिम्मेवारीमा रहनुहुनेछ ।
मीडफिल्डमा विक्रम लामा र तेज तामाङ रहनेछन् । आक्रामक मीडफिल्डमा सुजल श्रेष्ठ, रवि पासवान र अञ्जन विष्ट छन् । नवयुग श्रेष्ठले नेपालको आक्रमण सम्हाल्नुहुनेछ ।