कीर्तिपुर नगरपालिका अन्तर वडा टेबल टेनिस प्रतियोगिता सम्पन्न
गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ३० गते । वडा नंं ९ (क) आइतबार वडा नं. १ लाई ३–२ ले हराएर कीर्तिपुर नगरपालिका अन्तर वडा टेबल टेनिस प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।
च्याम्पियन वडा नं ९ का लागि प्रशान्त महर्जन, सुधिर महर्जन र दिपक नेपालीले खेल्ननुभएको थियो नगाउँ स्पोर्ट्स क्लबको आयोजना भएको दुई दिने प्रतियोगितामा देवरत्न महर्जन, सिकेश महर्जन र रेहान श्रेष्ठ सम्मिलित वडा ३ र विपिन महर्जन, मुकेश महर्जन र उदि महर्जन सामेल भएको वडा नं ९ (ग)ले संयुक्त रुपमा तेस्रो स्थान हािसल गरे ।
यसैगरी, पुरुष एकलमा वडा नं. ६ का जय राम महर्जनले वडा न ९ का प्रशान्त महर्जनलाई निराश पारेर पहिलो स्थान हात पार्नुभयो । वडा नं. ९ कै सुधिर महर्जन र विपिन महर्जन तृतीय हुनुभयो । पुरुष भेटरान्स एकलको फाइनलमा वडा नं. ६ क जय राम महर्जनले वडा नं. ९ का सुधिर महर्जनलाई हराएर पहिलो स्थान हासिल गर्नुभयो । सेमिफाइनलमा पराजित हुने वडा नंं ३ का रविन्द्र महर्जन र वडा नंं. ३ कै सन्त महर्जन तेस्रो स्थानको पुरस्कारको हकदार बन्नुभयो ।
कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती खड्का, नेपाल ओलम्पिक कमिटिका कार्यकारी निर्देशक तथा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्य, काठमाडौँ जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्य तथा महानगरीय प्रहरी वृत्त, किर्तिपुरका प्रमुख प्र.ना.उ रुकेश तण्डुकारले विजेता खेलाडीहरुलाई संयुक्त रुपमा पुरस्कार वितरण गर्नु भयो ।
प्रतियोगितामा टिममा १० वडाका १५ वटा टिमले सहभागिता जनाएका थिए । यसैगरी पुरुष एकलमा ५१ र पुरष भेटरान्समा ३२ खेलाडीको सहभागिता रहेको थियो ।