बंगलादेशविरुद्ध पाँच खेलाडी परिवर्तन
गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २ गते । बंगलादे विरुद्ध जारी मैत्रीपूर्ण सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले पाँच खेलाडी परिवर्तन गरेको छ । केही समयमा सुरु हुन लागेको दोस्रो खेलमा भरत खवासले नेतृत्व गर्ने जिम्मेवारी पाउनुभएको छ ।
बंगलादेश भ्रमणको क्रममा नेपालले दुई म्याचको सिरिजको दोस्रो म्याच खेल्न लागेको हो । पहिलो खेलमा बंगलादेशले २–० ले जितेकोले दोस्रो खेलमा कम्तीमा २–० ले जित हात पारे मात्रै नेपालले उपाधि उचाल्ने सम्भावना रहन्छ ।
प्रशिक्षक बालगोपाल महर्जनले गोलरक्षकमा किरण चेम्जोङलाई निरन्तरता दिनुभएको छ । पछिल्लो खेलमा उहाँ कप्तानको भूमिकामा हुनुहुन्थ्यो । डिफेन्डर अजित भण्डारीको स्थानमा छिरिङ गुरुङ टोलीमा अटाउनुभएको छ । उहाँले राष्ट्रिय टोलीको लागि डेब्यु गर्नुभएको हो ।
रक्षात्मक पंक्तिमा अनन्त तामाङ, विकास खवासले निरन्तरता पाएका छन् । विकास पछिल्लो खेलमा डेब्यु गर्नुभएको थियो । सुमन अर्यालको स्थानमा रजिन धिमाल टोलीमा पुनरागमन गर्नुभएको छ ।
मिडफिल्डमा एरिक विष्ट र तेज तामाङ हुनुहुन्छ । रवि पासवानको स्थानमा दर्शन गुरुङ पहिलो रोजाइमा पर्नुभएको छ । नवयुग श्रेष्ठको स्थानमा भरत खवास खेल्दै हुनुहुन्छ ।