खेलकुद |

अर्जेन्टिनाले पेरुलाई र ब्राजिलले उरुग्वेलाई हरायो

गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ३ गते । फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट खेल अन्तगर्त मंगलबार सम्पन्न खेलहरुमा इक्वेडरले कोलम्बियालाई, भेनेज्वालाले चिलीलाई, ब्राजिलले उरुग्वेलाई र अर्जेन्टिनाले पेरुलाई हराएको छ । पराग्वे र बोलिभियाले २–२ को बराबरी खेल्यो ।
छनोट अन्तगर्त ब्राजिलले उरुग्वेलाई हराएको छ । दक्षिण अमेरिकी छनोट अन्तगर्त चौथो खेलमा ब्राजिलले उरुग्वेमाथि २–० को जित हात पार्यो । ब्राजिलको जितमा आर्थर र रिचर्लिसनले एक एक गोल गर्नुभयो । ब्राजिलले छनोट अन्तगर्तको खेलहरुमा शत प्रतिशत नतिजा निकाल्ने क्रममा उरुग्वेमाथि जित हात पारेर १२ अङ्क बटुलेको छ ।
मंगलबार नै सम्पन्न अर्को खेलमा अर्जेन्टिनाले पेरुमाथि २–० को जित हात पार्यो । अर्जेन्टिनाको जितमा निकोलस गोञ्जालेज र लौटेरो मार्टिनेजले एक एक गोल गर्नुभयो । जितसँगै अर्जेन्टिनाले १० अङ्क बटुलेको छ ।