खेलकुद |

इंग्ल्याण्ड क्रिकेट टोलीले १६ वर्षपछि पाकिस्तान भ्रमण गर्ने

गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ३ गते । इंल्याण्ड क्रिकेट टोलीले १६ वर्षपछि सन् २०२१ मा पाकिस्तान भ्रमण गर्ने सुनिश्चित भएको छ । आगामी अक्टोबरमा इंग्ल्याण्डले पाकिस्तानमा दुई म्याचको टी ट्वान्टी श्रृखंला खेल्नेछ ।
सन् २००९ मा श्रीलङ्काले पाकिस्तान भ्रमण गर्दा लाहोरमा भएको आतंकवादी आक्रमण यता पाकिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटको आयोजना गर्न सकेको छैन् । त्यसअघि सन् २००५ मा इंग्ल्याण्डले पाकिस्तान भ्रमण गरेको थियो । करीब दश वर्षपछि पछिल्लो पटक बंगलादेश र जिम्बाबवेले गत् वर्षको अन्त्यमा पाकिस्तान भ्रमण गरेको थियो ।
पकिस्तानले यसैवर्ष इंग्ल्याण्ड भ्रमण गर्दा इंग्ल्याण्डलाई पाकिस्तान भ्रमणको निम्ता दिएको थियो । सन् २०२१ को अक्टोबर १४ र १५ मा इंग्ल्याण्डले पाकिस्तान विरुद्ध दुई म्याचको टी ट्वान्टी खेल्नेछ । १६ अक्टोबरमा दुबै टोली भारतले आयोजना गर्ने टी ट्वान्टी खेल्न प्रस्थान गर्नु अघि दुबै टी ट्वान्टी खेल सम्पन्न हुनेछ ।
इंग्ल्याण्ड क्रिकेट बोर्डले पाकिस्तान भ्रमणको क्रममा आफ्नो टोलीका सदस्यहरुको सुरक्षालाई विशेष ध्यान दिएर पूर्ण सुरक्षाको प्रत्याभूति खोजेको जनाएको छ ।