खेलकुद |

विश्वकप विजेता टोलीका सदस्य गुरुसिन्हा नाइजेरिया क्रिकेटका प्रमुख प्रशिक्षक नियुक्त

गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १६ गते । क्रिकेट नाइजेरियाले आशंका गुरुसिन्हालाई प्रमुख प्रशिक्षक नियुक्त गरेको छ । सन् १९९६ को विश्वकप विजेता टोलीमा रहनुभएका गुरुसिन्हालाई नाइजेरिया क्रिकेट संघले प्रमुख प्रशिक्षक नियुक्त गरेको हो । डिसेम्बर एक देखि उहाँ नाइजेरियाली क्रिकेटको प्रमुख प्रशिक्षकको कार्यभार सम्हाल्नुहुनेछ ।
देब्रे हाते ब्याट्सम्यान गुरुसिन्हा सन् १९८५ देखि १९९६ सम्म श्रीलङ्काको राष्ट्रिय टोलीमा नियमित शिर्ष क्रमका ब्याट्सम्यान हुनुहुन्थ्यो । उहाँले ४१ टेष्ट म्याच र १४७ अन्तर्राष्ट्रिय एकदिवसीय खेल्नुभएको छ । सन् १९९६ को विश्वकप फाइनलमा अष्ट्रेलिया विरुद्ध ६५ रनको उत्कृष्ट पारी खेलेर गुरुसिन्हा चर्चामा रहनुभयो ।
सन् २०१७ देखि श्रीलङ्काली क्रिकेटको प्रबन्धकको रुपमा कार्य गरेको उहाँमा अनुभव छ । अष्ट्रेलियाका लागि क्षेत्रीय क्रिकेट प्रशिक्षकको रुपमा समेत उहाँ कार्य गर्नुभएको छ ।
ीक्रकेट नाइजेरियाले पछिल्लो १८ महिनामा उल्लेख्य प्रगति गरेको छ । गत् जनवरी महिनामा सम्पन्न आईसीसी १९ वर्ष मुनिको क्रिकेट विश्वकप र आईसीसी टी ट्वान्टी क्रिकेट २०२० को विश्वकप छनोट खेलेको नाइजेरियाले गुरुसिन्हाको प्रशिक्षणमा नाइजेरियाली क्रिकेटको थप स्तरोन्नती हुने अपेक्षा राखेको छ ।