खेलकुद |

पार्थिब पटेलद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २४ गते । भारतका लागि सबैभन्दा कान्छो विकेटकीपर ब्याट्सम्यानको रुपमा भित्रिएका पार्थिव पटेल अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । पटेलले भारतको प्रतिनिधित्व गर्दै २५ टेष्ट, ३८ अन्तर्राष्ट्रिय एकदिबसीय र दुई टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नुभएको छ ।
पार्थिब पटेल पछिल्लो पटक जनवरी २०१८ मा जोहानसवर्गमा भारतले टेष्ट खेल जित्दा टोलीका सदस्य हुनुहुन्थ्यो । एक वर्षपछि भारतले अष्ट्रेलियामा इतिहासमै पहिलो पटक टेष्ट श्रृखंला जित्दा पटेल टोलीका सदस्य हुनुहुन्थ्यो । डेब्यु टेष्टमै ८४ मिनेटसम्म क्रिजमा संयमित ब्याटिंग गरेर १९ रन मात्रै बनाएपनि बराबरीतर्फ उन्मुख गराएको श्रेय उहाँलाई गएको थियो । टेष्ट क्रिकेटमा उहाँले मात्र छ अद्र्धशतक लगाउनुभएको छ । चेन्नईमा सन् २०१६ मा इंग्ल्याण्ड विरुद्ध ७१ रनको पारी टेष्ट क्रिकेटमा उहाँको सर्वाधिक ब्यक्तिगत् योगफल हो ।
डेब्यु गरेपछिको २० टेष्ट खेलमध्ये १९ मा स्थान सुनिश्चित गरेका पटेलले सन् २००४ को सिड्नी टेष्टमा रिक्की पोन्टिङ्गलाई स्टम्पिङ गर्ने अबसरबाट चुक्दा विकेटकीपरको रुपमा दिनेश कात्र्तिकका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको प्रतिनिधित्व गर्ने अबसरको ढोका खुल्न पुग्यो ।