लिग फुटबलमा हिमालय हाइवे शिखरसँग बराबरीमा रोकियो
हरिप्रसाद कोइराला
उर्लाबारी–मोरङ, मंसिर २५ गते ।
मोरङको पथरीस्थित पथरी रङ्शालामा बुधबार सुरु भएको मोफसलको पहिलो फ्रेन्चाइज लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा २÷२ गोलको बराबरी खेल्दै शिखर फुटबल क्लव र हिमालय हाइवे फुटबल क्लवले अङ्क बाँडेका छन् ।
आज भएको खेलमा हिमालय हाइवेका किम्जो राईले २८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाउनु भयो । सुरु देखि नै दबाबमा रहेको हिमालय हाइवे विरुद्ध शिखरले एक पछि अर्को दबाब सिर्जना गरे पनि गोल गर्न सकेको थिएन । पहिलो हाफमा थप गरिएको पहिलो मिनेटमा नै हिमालय हाइवेले शिखर फुटबल क्लव बिरुद्ध अर्को १ गोल थप्यो । अत्यन्त उत्कृष्ट लयमा बल अघि बढाउँदै लगेर २ जना खेलाडीलाई बिट गर्दै अम्बर याक्खाले गोल गर्नुभयो ।
२–० को दबाबमा रहेको शिखर फुटबल क्लवले दोस्रो हाफ पछि ३ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेललाई बराबरीको अवस्थामा पु¥यायो । शिखरका लागि ६५ औं मिनेटमा बम्फे धिमालले गोल गर्नुभयो । यस्तै ६८ औं मिनेट सौर्य राउतले गोल गर्नुभयो । शिखर क्लवका सौर्य राउत आजको खेलमा म्यान अफ द म्याच घोषित हुनुभयो ।
बिहीबार हेरिका न्यू स्टार र श्रीजङ्घा फुटबल बीच लिगको दोस्रो खेल हुनेछ ।
प्रतियोगितामा पथरिशनिश्चरे नगर भित्रका हाइवे फुटबल क्लब, देबिगन्ज फुटबल क्लब, वाई जि एफ टि क्लव, १० नवोदय फुटबल क्लब, सिरिजङ्गा फुट्बल क्लब, शिखर फुटबल क्लब, द रियल ब्रोदर फुटबल क्लब र हेरिका न्यु स्टार फुटबल क्लबले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको बिजेतालाई एक लाख ७५ हजार रुपियाँ नगद, ट्रफि, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ भने उपबिजेताले ७५ हजार रुपियाँ, ट्रफि, मेडल तथा प्रमाणपत्र पाउने छन । प्रतियोगितामा सहभागी क्लवले नगद १० हजार रुपियाँ बुझाएर सहभागिता जनाएका छन् । कोरोना महामारीका बीच उल्लेख्य दर्शकहरूको उपस्थितिका साथ भइरहेको प्रतियोगितामा १२ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।