रोहित शर्मा फिट, छिट्टै अष्ट्रेलिया प्रस्थान गर्ने
गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २६ गते । घुँडामा चोटको कारण अष्ट्रेलिया भ्रमणमा छुटेका भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान रोहित शर्मा फिट भएका छन् । बेंग्लोरस्थित नेशनल क्रिकेट एकेड्मीमा गरिएको फिटनेश परीक्षणमा उहाँ सफल हुनुभएको छ ।
हाल मुम्बईमा रहनुभएका शर्मा आगामी एक दुई दिनभित्रै अष्ट्रेलियाका लागि प्रस्थान गर्नुहुनेछ । भारतले अष्ट्रेलियामा तीन अन्तर्राष्ट्रिय एकदिवसीय र तीन टी ट्वान्टी खेलेको छ । आगामी सातादेखि भारतले अष्ट्रेलिया विरुद्धको चार म्याचको टेष्ट श्रृखंला खेल्नेछ ।
सुरुमा टोलीमा स्थान नपाएका शर्मालाई पछि सामेल गराइएपनि स्वास्थ्य प्रतिकूल हुँदा टोलीसँगै अष्ट्रेलिया जान बञ्चित हुनुभएको थियो । फिटनेश परीक्षणपछि उहाँ अष्ट्रेलिया जाने तय भएपनि पहिलो दुई टेष्ट खेल्न सक्नुहुन्न । अष्ट्रेलिया पुगेपछि १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने हुँदा उहाँ अन्तिम दुई टेष्टमा मात्रै सहभागी हुनुहुनेछ ।