सिरिजङ्घाबाट न्यूस्टार स्तब्ध
हरिप्रसाद कोइराला
पथरी शनिश्चरे–मोरङ, मङ्सिर २६ गते । मोरङको पथरीमा जारी पथरीशनिश्चरे प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तगर्तको दोस्रो खेलमा शुक्रबार सिरिजङ्घा फुटबल क्लव बिजयी भएको छ । सिरिजङ्घाले न्यूस्टार फुटबल क्लवलाई १–० गोलले हराउँदै ३ अङ्क जोडेको छ । सिरिजङ्घाको जितमा ३३ औँ मिनेटमा दिलकुमार याक्सोले गर्नु भएको गोल नै निर्णायक बन्यो ।
खेलको ६५ औँ मिनेटमा सिरिजङ्घाका सुवास तामाङले दोस्रो गोल गर्ने सुनौलो मौका गुमाउनु भयो । सुवासको प्रहार गोलमा परिणत हुनबाट रोक्दै न्यूस्टारका गोल रक्षक बिशाल दर्लामी मगर बाधक बन्नुभयो । ७५ औँ मिनेटमा सनम धिमालले अग्रता दोब्बर बनाउने अवसरबाट चुक्नुभयो । उहाँको प्रहार गोलपोष्टको माथिल्लो भागमा लागेर मैदानमा झ¥यो ।
खेल अवधिभर दवावमा रहेको न्यूस्टारले गोलको थुप्रै अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । र न्युस्टारले ३ अङ्क गुमाउनु प¥यो ।
प्रस्तावित पथरी रंगशालामा आयोजित आजको खेलको म्यान अफ दी म्याच सिरिजङ्घा क्लवका विवेक आङ्देम्बे घोषित हुनु भयो ।
शनिबार नवोदय फुटबल क्लव र देवीगञ्ज फुटबल क्लवबीच लिगको तेस्रो खेल हुनेछ ।