अफ्रिकी क्रिकेट टोलीमा तीनजना नयाँ अनुहार
गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २६ गते । श्रीलङ्का विरुद्धको टेष्ट श्रृखंलाका लागि दक्षिण अफ्रिकी क्रिकेट टोलीको घोषणा गरिएको छ । टोलीमा तीन जना नयाँ अनुहारले स्थान पाएका छन् ।
अफ्रिकी क्रिकेट बोर्डले घोषणा गरेको टोलीमा ओपनर ब्याट्सम्यान सारेल एर्वी, विकेटकीपर ब्याट्सम्यान कायल भेरेन्न र मध्यम गतिका बलर ग्लैन्टन स्र्टमन रहेका छन् । उक्त टोलीको क्विन्टन डे ककले नेतृत्व गर्नुहुनेछ । यद्दपी टोलीमा तिब्र गतिका बलर कगिसो रबाडा वा अलराउण्डर ड्वायन प्रिटोरियस हुनेछैन् । दुबै जना घाइते छन् ।
टोलीमा स्पिन आक्रमणका लागि केशव महाराज पहिलो प्राथमिकतामा पर्नुभएको छ । ऐडन मरकर्न शिर्ष क्रमको ब्याटिंगका लागि टोलीमा बोलाइएका छन् । भेन डर रस्सी र टेम्बा बभुनालाई स्थायित्व दिइएको छ ।
प्mाफ डु प्लेसिस, बिरन हेन्ड्रीक्स, डिन एल्गर, लुगिं एनगिडी, एनरिक नोर्जे, वेयार मल्डर टोलीका अन्य सदस्यहरु छन् ।
दक्षिण अफ्रिकाले श्रीलङ्का भ्रमणको क्रममा दुई म्याचको टेष्ट श्रृखंला खेल्नेछ ।