बेन्न स्टोक्स र जोफ्रा आर्चरलाई आराम, मोइल अलि बोलाइए
गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २६ गते । आगामी महिना हुने श्रीलङ्का विरुद्धको टेष्ट श्रृखंलाका लागि मोइन अलि र जोनी बैरिष्टो इंग्ल्याण्ड क्रिकेट टोलीमा स्थान पाएका छन् । तर अलराउण्डर बेन्न स्टोक्स र तिब्र गतिका बलर जोफ्रा आर्चरलाई आराम दिइएको छ ।
३३ वर्षीय मोइन अलि सन् २०१९ को सुरुमा क्रिकेटबाट ब्रेक लिए यता टेष्ट म्याच खेल्नुभएको छैन् । उहाँ अलराउण्डर हुनुहुन्छ । विकेककीपर ब्याट्सम्यान जोनी बैरिष्टोलाई भने एकवर्ष अघि टोलीबाट बाहिरिनुभएको थियो ।
एसेक्सका ब्याट्सम्यान डान लरेन्स पहिलोपटक टोलीमा स्थान बनाउनुभएको छ । रोरी बनर्स उपलब्ध हुने छैन् । इंग्ल्याण्डले श्रीलङ्कामा जनवरी १४ र २२ बाट सुरु हुने गरी दुई म्याचको टेष्ट श्रृखंला खेल्नेछ ।
दुई वर्ष यता कुनै टेष्ट म्याच नखेलेका बेन्न फोक्स १६ सदस्यीय टोलीमा स्थान पाएका छन् । टोलीमा मोइन अलि, डोम बेस्स र ज्याक लिच स्पिनरको रुपमा समावेश गरिएका छन् । जोफ्रा आर्चर र बेन्न स्टोक्स फ्ब्रुअरीमा भारतमा हुने चार म्याचको टेष्ट श्रृखंलाका लागि आरक्षित गरिएका छन् ।
जोइ रुटको कप्तानीमा रहेको टोलीका अन्य सदस्यहरुमा जेम्स एण्डरसन, स्टुअर्ट ब्रोड, जोस बटलर, ज्याक क्राउली, साम कर्रन, डम सिब्ली, ओली स्टन, क्रिस वक्स र मार्क ऊड छन् ।