देवीगञ्जविरुद्ध नवोदयको जित
हरिप्रसाद कोइराला
पथरीशनिश्चरे – मोरंग, मङ्सिर २७ गते ।
पथरीशनिश्चरे प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा नवोदय क्लव बिजयी भएको छ । देवीगञ्ज फुटबल क्लबलाई २-०ले पराजित गर्दै नवोदयले ३ अङ्क जोडेको छ।खेलको ५१औँ मिनेटमा नवोदयका सेनेहाङ लिम्बूको गोलले अग्रता लिएको थियो । १–० ले अग्रता कायम गरेको नवोदयले खेलको ८२ औँ मिनेटमा थप १ गोल गर्दै २–० को स्पष्ट जित निकाल्दै ३ अंक जोड्यो । दोस्रो गोल नवोदयका लागि दोस्रो गोल घनश्याम चौहानले गर्नुभयो ।खेलअवधिभर उत्कृष्ट प्रदर्शन गरेपनि नवोदयको डिफेन्स लाइनलाई क्लियर गर्न नसक्दा देवीगञ्ज नतिजा सुम्पन बाध्य भयो । देवीगञ्ज एफसीमा पूर्व राष्ट्रिय खेलाडी र बि डिभिजन लिग खेलिसकेका खेलाडीहरु भए पनि कुनै चमत्कार गर्न सकेनन् ।प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको म्यान अफदी म्याच नवोदयका खेलाडी सेनेहाङ लिम्बू घोषित हुनुभयो । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।
आइतबारको खेल वाइ.जी.एफ.टी र दि रियल ब्रदर्श बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।