खेलकुद |

मोहम्मद सलहले लिभरपुलको हार टार्यो

गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २९ गते । फुलहमले लिभरपुललाई बराबरीमा रोकेको छ । प्रिमियर लिग अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा लिभरपुललाई फुलहमले १–१ को बराबरीमा रोकेको हो ।
बराबरीमा रोकिएसँगै लिभरपुलले फुलहमसँग अङ्क बाँडेर तालिकाको शिर्ष स्थानमा उक्लिने अबसरबाट चुक्यो । बोबी डेकोरडोभाले पहिलो हाफको २५ औं मिनेटमा गोल गर्दै फुलहमलाई लिभरपुलमाथि १–० को स्पष्ट अग्रता दिलाउनुभयो । फुलहमले खेल अबधिभरि दबाबमा राखेर गोल गर्ने थुप्रै प्रयासहरु गरेपनि लिभरपुलका गोलरक्षक अल्लिसनले सफल हुन दिएन । ब्राजिली अल्ल्सिन घाइते भएर दुई खेलमा अनुपस्थित हुनुभएको थियो । उहाँले इभान काभालेरोको दुई प्रयासलाई असफल बनाउनुभयो ।
७९ औं मिनेटमा लिभरपुलका मोहम्मद सलहले पाउनुभएको पेनाल्टीलाई गोलमा परिणत गर्दै लिभरपुललाई १–१ को बराबरीमा ल्याउँदै अङ्क बाँड्न सफल हुनुभयो ।
टट्नहम अङ्ककतालिकाको शिर्ष स्थानमा छ । उसले सामान १२ खेलबाट लिभरपुलसँगै २५ अङ्क बटुलेपनि शिर्ष स्थानमा छ भने लिसेस्टर २४ अङ्कसहित तेस्रो र साउथम्पटन २३ अङ्क ल्याएर चौथो स्थानमा छ । फुलहम भने १२ खेलबाट मात्र ८ अङ्क बटुलेको छ । ऊ १८ औं स्थानमा छ ।