खेलकुद |

रोनाल्डोको पेनाल्टी गोलमा परिणत नहुँदा जुभेन्ट्स बराबरीमा रोकियो

गोरखापत्र अनलाइन
काठमाडौं, पुस २ गते । क्रिष्टियानो रोनाल्डोले प्रहार गर्नुभएको पेनाल्टी गोलमा परिणत हुन नसकेपछि जुभेन्ट्स बराबरीमा रोकिन पुगेको छ । सिरी ए अन्तगर्त गए राति सम्पन्न खेलमा जुभेन्ट्स एटलान्टासँग १–१ को बराबरी खेल्यो ।
फेड्रिको केसाले सिरी ए को च्याम्पियन जुभेन्ट्सका लागि २९ औं मिनेटमा गोल गर्दै एटलान्टामाथि १–० को अग्रता दिलाउनुभयो । रेमो फ्रुलरले २५ यार्ड बाहिरबाट गर्नुभएको प्रहार गोलमा परिणत भएपछि एटलान्टाले खेल १–१ को बराबरीमा ल्यायो ।
एटलान्टाले ५७ औं मिनेटमा बराबरी गोल फर्कायो । फेड्रिकोलाई लडाउँदा जुभेन्ट्सले पेनाल्टीको अबसर पायो । क्रिष्टियानो रोनाल्डोले प्रहार गरेको पेनाल्टी एटलान्टाका गोलरक्षक पेर्लुगी गोलिनीले रोकेपछि जुभेन्ट्सले जित्ने अवसर खेर फाल्यो । सन् २०१९ को जनवरीमा किभो स्टिफानोले रोनाल्डोको पेनाल्टी रोके यता पेर्लुगी रोनाल्डोको पेनाल्टी विफल तुल्याउने पहिलो गोलरक्षक हुन् ।
आष्टन भिल्लाका पूर्ब रक्षक गोलिनीले अल्भारो मोराटोको प्रहारलाई समेत विफल तुल्याउँदै उत्कृष्ट बचाब गर्नुभयो ।
नौ पटकको उपाधि विजेता जुभेन्ट्स लिगको लगातार १२ खेलमा अपराजित रह्यो । जुभेन्ट्स अङ्कतालिकामा तेस्रो स्थानमा छ । शिर्ष स्थानको एसी मिलानभन्दा ऊ चार अङ्क पछाडि छ । एसी मिलानले १२ खेलबाट २८ अङ्क बटुलेको छ । इन्टर मिलान २७ अङ्कसहित दोस्रो स्थानमा रहँदा नपोलीले २३ अङ्क आर्जन गरेको छ ।