खेलकुद |

सान्त्वना जितले पनि लिगचरण पार गर्न सकेन देबीगञ्ज

हरिप्रसाद कोइराला
पथरीशनिश्चरे -मोरङ, पुस ५ गते । पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको आइतबार भएको खेलमा देवीगञ्ज फुटबल क्लबले ३–२ गोलान्तरले वाइजीएफटीलाई हराएको छ । बिजयी भए पनि देवीगञ्ज लिग चरणबाटै बाहिरिएको छ ।
देबीगञ्ज फुटबल क्लवको जीतले पराजित भएको वाईजिएफटी समेत लिगबाटै बाहिर पठाएको छ । आजको खेलसँगै लिगको नकआउट समीकरण समेत पुरा भएको छ । प्रतियोगिताको नक आउट चरणमा टेन नवोदय, न्यु स्टार, सिरिजङ्घा र रियल ब्रदर्सले खेल्ने भएका छन।
आजको खेलमा वाइजिएफटीका अभय लिम्बुले खेल शुरु भएको ३ मिनेट बित्न नपाउँदै पहिलो गोल गरेर टिमलाई अग्रता दिलाउनु भएको थियो । खेलको २४ औँ मिनेटमा देवीगञ्ज फुटबल क्लबका गोविन गुरुङले सन्तोष न्यौपानेको पासमा जवाफी गोल गर्दै खेललाई १– १ को बराबरीमा पु¥याउनु भयो । खेलको ४४ औं मिनेटमा वाईजिएफटीले पुन खेलमा अग्रता लियो । वाइजीएटीका रोशन न्यौपानेले १ गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाउनु भयो । तर वाइजीएटीको अग्रता धेरै समय टिक्न सकेन। खेलको ६९ औँ मिनेटमा देवीगञ्जका कप्तान सन्तोष न्यौपानेले थप १ गोल गर्दै खेललाई बराबरीमा ल्याएउनु भयो । देवीगञ्ज बिरुद्ध जित निकाल्दा मात्रै नकआउट चरणमा प्रवेश गर्ने वाइजीएटी बिरुद्ध देबीगञ्जका सन्तोष न्यौपाने खेल सकिन १ मिनेट बाँकी छँदा अर्को १ गोल थप्नुभयो ।
आजको खेलमा २ गोल गर्नु भएका देवीगञ्ज फुटबल क्लवका सन्तोष न्यौपाने खेलको म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत हुनु भयो ।
लिग चरणको अन्तिम खेल भोलि सोमबार टेन नवोदय फुटबल क्लब र रियल ब्रदर्स फुटबल क्लब बीच हुनेछ । दुवै टिमले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन । भोलिको खेल लिगको शीर्ष स्थानका लागि मात्र हुनेछ।
नकआउट चरणका खेलहरु पुस ८ गतेबाट हुनेछन् ।