खेलकुद |

मोहम्मद सामी टेष्ट श्रृखंलाबाट बाहिरिए

गोरखापत्र अनलाइन
काठमाडौं, पुस ६ गते । तिब्र गतिका बलर मोहम्मद सामी अष्ट्रेलिया विरुद्धको टेष्ट श्रृखंलाबाट बाहिरिनुभएको छ । पाखुराको हाड भाँचिएपछि उहाँ बाँकीको तीन टेष्ट खेलमा सहभागी नहुने भएको जनाइएको छ ।
अष्ट्रेलिया विरुद्धको पहिलो टेष्टको तेस्रो दिनमा ब्याटिंगको क्रममा प्याट्ट क्युमिन्सको बलमा सामीको दाहिने हातको पाखुरामा चोट लागेको थियो । उहाँको थप परीक्षणपछि खेल्न नसक्ने अवस्थामा पुगेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले जनाएको छ । उक्त टेष्ट खेलको दोस्रो पारीमा भारत अहिलेसम्मकै सबैभन्दा कम योगफलमा समेटिएको थियो । अष्ट्रेलियाले ब्याटिंग गर्दा उहाँ बलिङ्गका लागि समेत फिल्डमा उत्रिनुभएन ।
बोर्डले उहाँको स्थानमा टोलिमा समावेश हुने खेलाडीको नाम सार्वजनिक गरेको छैन् । यद्दपी आरक्षित खेलाडीमा कात्र्तिक त्यागि, टी नटराजन र श्रद्धुल ठाकुरमध्ये एक जनाले दोस्रो टेष्टदेखि सामीलाई बिस्थापित गर्नेछन् । टोलिमा हाल नवदीप सैनी, मोहम्मद सिराज समेत हुनुहुन्छ । तर दुबैजना टेष्ट खेलमा डेब्यु समेत गर्नुभएको छैन् ।