खेलकुद |

क्रिकेटर सुरेश रैना धरौटिमा रिहा

गोरखापत्र अनलाइन
काठमाडौं, पुस ७ गते । भारतीय क्रिकेट टोलिका पूर्ब अलराउण्डर सुरेश रैना धरौटिमा रिहा हुनुभएको छ । कोरोनाभाइरस विरुद्धको सतर्कताका लागि सरकारले तय गरेको सामाजिक दूरी उल्लघंन गरेको आरोपमा मंगलबार मुम्बईबाट पक्राउ पर्नुभएको रैना धरौटिमा रिहा हुनुभएको हो ।
ड्रागनफ्लाइ अनुभव लिन मुम्बई विमानस्थल नजिकैको एक क्लब पुगेका रैनासहित ३४ जनालाई उक्त आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । मुम्बईका सहायक प्रहरी कमीश्नर मञ्जुनाथ सिंगेका अनुसार नियन्त्रणमा लिएका सबैजना विरुद्ध कानूनी कारबाही चलाइएको छ । महाराष्ट्र सरकारले कोभिड १९ विरुद्ध सतर्कताका उपायहरु अपनाउँदै मंगलबारदेखि लागू हुने गरी रात्रीकालीन कफर््यु समेत लगाएको छ ।
मंगलबार नै रैनाको ब्यवस्थापकीय समूहले एक वक्तब्य जारी गरी रैनालाई उक्त प्रतिबन्धबारे जानकारी नरहेको र भूलवश उल्लघंन हुन गएकोमा पश्चाताप गरेको उल्लेख गरेको छ ।
गत् अगष्ट १५ मा रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको थियो ।