मीडफिल्डर एरिकसन इन्टर मिलान छोड्ने तयारीमा
गोरखापत्र अनलाइन
काठमाडौं, पुस ९ गते । क्रिश्चियन एरिकसन अर्को महिना इन्टर मिलान छोड्ने तयारीमा हुनुहुन्छ । सान सिरोमा प्रभाबकारी प्रदर्शन गर्न नसकेपछि उहाँ मिलान छोड्ने सोचमा पुग्नुभएको छ ।
डेनिस मीडफिल्डर एरिकसनलाई इन्टर मिलानले एक रोड ६९ लाख यूरो तिरेर जनवरी महिनामा टट्टनहमबाट भित्र्याएको थियो । यूरोपा लिगको फाइनलमा सेभिल्ला विरुद्ध इन्टर मिलानले हार बेहोर्दा २८ वर्षीय एरिकसन बेञ्चमा राखिएका थिए ।
जारी सिजनमा एरिकसनले इन्टर मिलानका लागि ३७३ मिनेट खेलेकोमा हालसम्म कुनै गोल गर्न सक्नुभएको छैन् ।
इन्टरका कार्यकारी प्रमुख बेप्पे मरोट्टाले एरिकसन स्थानान्तर हुने खेलाडीको सूचीमा रहेको प्रष्ट्याउनुभयो । उहाँले भन्नुभयो, “यो सजाय होइन तर टोलिमा स्थापित हुन एरिकसन संघर्षरत् देखिएका छन्, उहाँलाई बढी स्थान पाउन अबसर दिन खोजिएको हो ।”
सन् २०१९÷२० मा एरिकसनले ३८ खेलमा अबसर पाएकोमा चार गोल गर्नुभएको छ र तीन गोलका लागि सहयोग गर्नुभएको छ ।