आईपीएलमा दश टोलि सामेल गराउने बीसीसीआईको निर्णय
गोरखापत्र अनलाइन
काठमाडौं, पुस ९ गते । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले इन्डियन प्रिमियर लिग(आईपीएल)को सन् २०२२ को संस्करणबाट दश टोलि सहभागी हुने निर्णय गरेको छ । बीसीसीआईको वार्षिक साधारण सभाले उक्त प्रस्ताब अनुमोदन गरेको हो ।
भारतको अहमदाबाद शहरमा भएको बीसीसीआईको ८९ औं साधारणसभाले सन् २०२२ को संस्करणबाट आईपीएलमा दश टोलि सहभागी गराउने निर्णय गरेको छ । लिग सुरु हुन चार महिना मात्रै बाँकी रहेको र तयारी नपुग्ने भएकोले आगामी संस्करणमा उक्त निर्णय लागू नहुने भएको छ । सन् २०२१ संस्करणमा कुल आठ टोलि मात्रै सहभागी हुनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले सन् २०२८ को लस एन्जेल्स ओलम्पिकमा क्रिकेटलाई सहभागी गराउने प्रस्ताब समेत साधारण सभामा प्रस्तुत गरिएको थियो । यद्दपी उक्त प्रस्ताबमाथि सन् २०२१ को सुरुमा हुने सभामा प्रस्तुत गरिने निर्णय गरिएको छ ।
बीसीसीआई प्रति राज्य एक फ्रेञ्चाइज बनाउने निर्णय गरेको छ । बीसीसीआइको उक्त निर्णयबाट रंगशाला हुने राज्य लाभान्वित हुनेछ । नयाँ फ्रेञ्चाइज महाराष्ट्र, तामीलनाडू, कर्नाटका, तेलङ्गाना, पश्चिम बंगाल, राजस्थान र देल्ही तथा चण्डीगढ राज्यबाट हुने छैन् ।
अहमदाबाद, राजकोट, विशाखापटनम, तिरुवनन्तपूरम र लखनऊमा रंगशाला उपलब्ध रहेको र फ्रेञ्चाइज नभएकोले उक्त शहरसँग सम्बन्धित राज्यले फ्रेञ्चाइज पाउनेछन् ।