अष्ट्रेलिया विरुद्धको दोस्रो टेष्टबाट पृथ्वी शा आउट, गिलले अबसर पाए
गोरखापत्र अनलाइन
काठमाडौं, पुस १० गते । शुबमन गिल र मोहम्मद सिराज भारतका लागि डेब्यु गर्ने भएका छन् । गिल ओपनर ब्याट्सम्यान र सिराज तिब्र गतिका बलर हुन् । अलराउण्डर रबिन्दर जडेजा र विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्त टोलिमा पुनरागमन गरेका छन् । पृथ्वी शाको फितलो प्रदर्शनले पहिलो टेष्टबाट उहाँ प्राथमिकतामा पर्नुभएन ।
पहिलो टेष्ट खेलपछि विदामा भारत फर्किएका कप्तान विराट कोहलीको स्थान अलराउण्डर रबिन्दर जडेजाले लिनुभएको छ । उपकप्तान अजिन्क्यै रहानेले कोहलीको अनुपस्थितिमा कार्यवाहक कप्तानको जिम्मेवारी सम्हाल्नुहुनेछ । पन्तको आगमनले ऋधिमन साहको टेष्ट टोलिमा फर्किने सम्भावना टरेको छ । ब्याट्सम्यानको विकल्प थोरै रहँदा भारतले छ जना ब्याट्सम्यानलाई लिएर मात्रै अष्ट्रेलिया विरुद्धको दोस्रो टेष्टमा उत्रिनेछ ।
टोलिका अन्य सदस्यहरुमा मयनक अग्रवाल, चेतेश्वर पूजारा, हनुमा बिहारी, रबिचन्द्रन आश्विन, उमेश यादब र जसप्रित बुमराह छन् । जडेजा र आश्विन दुबैजना स्पिनरले अन्तिम एघारमा स्थान पाएको सन् २०१४ पछि पहिलोपटक हो । सन् २०१४ मा ओल्ड ट्राफोर्डमा आश्विन र जडेजा दुबै स्पिनरलाई भारतीय टोलि ब्यवस्थापनले खेलाएको थियो । त्यसअघि सन् २००७÷०८ मा मेलबर्न क्रिकेट ग्राउन्डमा अनिल कुम्बले र हरभजन सिंह दुबैले भारतीय टोलिको प्रतिनिधित्व गरेका थिए ।