खेलकुद |

अग्रता जोगाउन नसक्दा म्यान्चेष्टर यूनाइटेडले अङ्क बाँड्यो

गोरखापत्र अनलाइन
काठमाडौं, पुस ११ गते । म्यान्चेष्टर यूनाइटेडले दुईपटक कायम गरेको अग्रता जोगाउन नसक्दा लिसेस्टरसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । लिसेस्टरका एक्जेल टौनजेबेले ८५ औं मिनेटमा जामी भार्डीको प्रहारलाई गोलको दिशा दिदा म्यान्चेष्टर यूनाइटेड बराबरीमा रोकियो । लिसेस्टर भने यूनाइटेडसँग अङ्क बाँड्दै तालिकाको दोस्रो स्थानमा उक्लेको छ । २८ अङ्कसहित लिसेस्टर सिटीको शिर्ष स्थानको लिभरपुलभन्दा तीन अङ्क कम रहेको छ । म्यान्चेष्टर यूनाइटेड २७ अङ्कसहित तेस्रो स्थानमा छ ।
फर्नान्डेसको पासलाई मार्कस राशफोर्डले २३ औं मिनेटमा गोलको दिशा दिदै म्यान्चेष्टर यूनाइटेडलाई १–० को अग्रता दिलाउनुभयो । लिसेस्टर सिटीका हार्भि बार्नसले पहिलो हाफको ३१ औं मिनेटमा बराबरी गोल गर्दै खेल १–१ को स्थितिमा ल्याउनुभयो ।
खेल सकिन दश मिनेट मात्रै बाँकी रहँदा ब्रुनो फर्नान्डेसले गोल गर्दै यूनाइटेडलाई २–१ को अग्रताको स्थितिमा ल्याउनुभयो । तर ८५ औं मिनेटमा टौनजेबेले २–२ को बराबरीमा ल्याउँदै यूनाइटेडसँग अङ्क बाँड्यो ।